बिहिबार, साउन २८, २०८३

बिहिबार, साउन २८, २०८३

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन्

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन्

बैशाख २७ , काठमाडौँ । नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुद प्रतियोगिताकी स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी ललितपुरमा मृत अवस्थामा भेटिएकी छिन् ।

नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठका अनुसार ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक संजय महर्जनको घरमा सन्जु झुन्डिएको अवस्थामा भेटिएकी हुन्।

‘हिजो लुभुमा भोज थियो। सबै भरोत्तोलनको टोली सञ्जयको घरमा भोज खाएर राति फर्किएका थियौं। सन्जु राति हाँसीखुसी बसेकी थिइन्। बिहान झुन्डिएको अवस्थामा भेटिइन् भनेपछि हामी पनि अहिले यहीँ छौं,’ अध्यक्ष श्रेष्ठले भने।

ललितपुर प्रहरी परिसरका अनुसार प्रारम्भिक अनुसन्धानमा सन्जुले आत्महत्या गरेको हुन सक्ने आधार देखिएको छ।

उनी सोमबार प्रशिक्षक महर्जनको घरमा भोज खाएर त्यहीँ बसेकी थिइन्। तर, उनी मंगलबार बिहान झुन्डिएको अवस्थामा भेटिएकी हुन्।

नेपालगन्जकी उनी १९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणका क्रममा काठमाडौंमा थिइन्।

नेपालमा भएको सागमा सन्जुले महिला ५९ केजी तौल समूहतर्फ श्रीलंकन खेलाडीलाई हराउँदै स्वर्ण पदक जित्न सफल भएकी थिइन्। उनले सोमबार आफ्नो फेसबुक पेजमा एउटा भिडिओ सेयर गरेकी थिइन्। जसमा भनेकी थिइन्, ‘मिसिङ यु लभ’।

नेपालगन्जकी २२ वर्षे सन्जु सुरुमा क्रिकेट र एथलेटिक्ससँग आवद्ध थिइन्। उनले एथलेटिक्समा राष्ट्रपति रनिङ शिल्ड र क्रिकेटको राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणसम्म स्थान बनाएकी थिइन्।

सातौं राष्ट्रिय खेलकुद (२०७३)देखि उनले भरोत्तोलन खेल्न थालेकी हुन्। त्यहीबेला देखि प्रशिक्षक महर्जनले सन्जुलाई काठमाडौं बोलाएर प्रशिक्षण दिइरहेका थिए।

दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितिसकेकाले यसपल्ट एसियाली खेलकुदका उनको लक्ष्य शीर्ष ५ भित्र रहने थियो। तर, आत्महत्यासँगै उनीसँगै यो सपना पनि सकिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

कोभिड यता ३ लाख पर्यटक नेपाल भित्रिए

कोभिडयता कै सबैभन्दा बढी करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटक हवाइमार्गबाट आएको नेपाल पर्यटन बोर्डको...