मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

कान्तिपुर टेलिभिजन र पत्रकार महासंघबीच तीन बुँदे सहमति

काठमाडौं । कान्तिपुर टेलिभिजन लिमिटेड र पत्रकार महासंघबीच तीन बुँदे सहमति भएको छ।

शुक्रबार कान्तिपुर टेलिभिजनको व्यवस्थापनको तर्फबाट मानव संशाधन विभाग प्रमुख परमान्द खनाल र नेपाल पत्रकार महासंघतर्फबाट महासचिव रोसन पुरीबीच तीन बुँदे सहमति भएको हो।

कान्तिपुर टेलिभिजन लिमिटेडमा कार्यरत श्रमजीवी पत्रकारको समस्या र संस्थामा कार्यरत पत्रकार दिपा दाहालको पुनर्स्थापनाको माग राख्दै महासंघले आन्दोलन गर्दै आएको थियो।

सहमतिमा कान्तिपुरले संस्थामा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिक आउँदो मसान्तसम्म दिन तत्पर रहेको, संस्थामा कार्यरत पत्रकारको सूचना तथा प्रसारण विभागबाट जारी हुने पत्रकार परिचयपत्र दिने वातावरण तयार गर्ने जनाएको छ।

यसैगरी पत्रकार दिपा दहालले पाउनुपर्ने सेवा सुविधा पनि एक साताभित्र दिने उल्लेख गरेको छ।

छलफलमा कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिलभूषण पाठक, नेपाल पत्रकार महासंघका सचिव सिर्जना अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारी र कान्तिपुर टेलिभिजनका पत्रकार दिपा दाहाल उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

मकवानपुरबाट सात हजार परीक्षार्थीले एसईई दिने

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षा शुक्रबारबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण गत दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा...