शनिबार, कार्तिक ८, २०८३

शनिबार, कार्तिक ८, २०८३

घरेलु मैदानमा बार्सिलोना स्तब्ध, उपाधि जित्न रियललाई १ अंक आवश्यक

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमा रायो भालेकानोसँग १-० गोल अन्तरले पराजित भएको हो।

नोउक्याम्पमा घरेलु टोलीलाई स्तब्ध पार्न रायो भालेकानोका अल्भारो गार्सियाले निर्णायक गोल गरे। उनले खेलको सातौं मिनेटमा गरेको गोल नै निर्णायक भयो।

सम्हालिन नपाउँदै गोल खाएको बार्सिलोनाले त्यसपछि ७१ प्रतिशत बल पोसेसन राखे पनि गोल फर्काउन नसक्दा पराजित हुन पुग्यो।

यो सँगै बार्सिलोनाले घरेलु मैदानमा लगातार तेस्रो हार बेहोरेको हो। यसअघि युरोपा लिगमा आइनट्राख्ट फ्रान्कफुर्टसँग पराजित भएको बार्सिलोना त्यसपछि क्याडिजसँग पराजित भएको हो।

यो हारसँगै बार्सिलोनालाई ला लिगा उपाधि यात्रामा धक्का लागेको छ।

सबै टोलीले समान ३३ खेल खेल्दा शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको ७८ अंक छ। हारका बाजुत दोस्रो स्थानमा कायमै रहेको बार्सिलोना रियल भन्दा अझै १५ अंकले पछि छ। सेभिल्लासँग अंक बराबरी रहे पनि गोल अन्तरमा बार्सिलोना दोस्रो स्थानमा छ।

यो नतिजासँगै रियललाई च्याम्पियन बन्न अब १ अंक मात्र बाँकी छ। आगामी खेलमा स्पान्योलसँगको बराबरी गरे उपाधि उचाल्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

आर्सनलद्वारा म्यान्चेष्टर युनाईटेड पराजित

एजेन्सी । इङ्लिश प्रिमियर लिगमा आर्सनलले म्यान्चेष्टर युनाईटेडमाथि शानदार जित निकालेको छ । बेलायतको एमिरेट्स स्टेडियममा शनिबार बेलुकी भएको खेलमा घरेलु टोलीले म्यान्चेष्टर युनाईटेडलाई ३–१...

मोरक्कोलाई साकिराको बधाई

दोहा/विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएकोक्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ। जारी...

क्रिस्टियानो रोनाल्डोका जुम्ल्याहामध्ये एक शिशुको निधन

काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका नवजात एक शिशुको मृत्यु भएको छ। म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड रोनाल्डोका नवजात जुम्ल्याहा शिशुमध्ये एकको मृत्यु भएको हो। रोनाल्डोले...

क्यानले घोषणा गर्‍यो नेपाल टी-२० लिग

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० लिगको घोषणा गरेको छ। नेपालको आधिकारीक क्रिकेट लिग भनिएको लिगलाई राष्ट्रिय खेलकुद परिषद्‌ले मान्यता दिएको छ। क्यानका अनुसार...