बुधबार, साउन २७, २०८३

बुधबार, साउन २७, २०८३

शुक्लाफाँटा विवादपछि माओवादी केन्द्रले सुप इन्चार्ज भट्टको हस्ताक्षर खोस्यो

काठमाडौँ । नेकपा माओवादी केन्द्रले निर्वाचन प्रयोजनका लागि सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टलाई प्रत्यायोजन गरिएको अधिकार खोसेको छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र केही अन्य स्थानीय तहमा प्रदेश कमिटीको निर्णयविपरीत उम्मेदवार मनोनयन गर्न लगाएपछि पार्टीले निर्वाचन आयोगको अभिलेखमा रहेको उनको दस्तखत हटाएर परिवर्तन गरेको हाे।

माओवादी केन्द्रको आग्रहमा आयोगले भट्टको स्थानमा प्रदेश कमिटी अध्यक्ष हरिराम चौधरीको हस्ताक्षर कायम गरेको छ।

शुक्लाफाँटा नगरपालिकाको प्रमुख पदमा सुदूरपश्चिम प्रदेश समितिले लोकबहादुर ऐरको नाम सिफारिस गरेको थियो। तर, इन्चार्ज भट्टले निर्वाचन अधिकृतको कार्यालयमा आफैँ उपस्थित भएर नवराज ऐरको नाम दर्ता गराएका थिए।

भट्टको उक्त निर्णयविरुद्ध नगरका बहुमत वडाहरुले विरोध गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र पठाएपछि विवाद झनै उत्कर्षमा पुगेको थियो।

नेता भट्टले बाजुरा र डडेल्धुरामा पनि केही उम्मेदवारहरु परिवर्तन गर्नुका साथै मनोनयन गरेकाहरुलाई समेत जबर्जस्ती फिर्ता लिन लगाएका थिए।

माओवादी केन्द्रमा प्रदेश कमिटी कार्यकारी हुने र इन्चार्जको भूमिका केन्द्रीय प्रतिनिधिको रुपमा समन्वयकारी मात्रै रहने भए पनि नेता भट्टले स्वेच्छाचारी र गुटगत निर्णय गरेको भन्दै उनको हस्ताक्षर परिवर्तन गरिएको एक नेताले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...