सोमवार, बैशाख २९, २०८२

सोमवार, बैशाख २९, २०८२

आठ हजार उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिए

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आठ हजार उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिब ८ हजारले फिर्ता लिएको जानकारी दिएका हुन् ।

उनले अहिले उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने काम भइरहेको पनि बताउनु भयो । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार (आज) अपराह्न ५ बजेसम्म निर्वाचनका उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

प्रवक्ता पौडेलले भने, ‘उम्मेदवारी फिर्ता लिनेको सङ्ख्या करिब ८ हजार छ । एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिब ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन् । त्यसमा करिब एक लाख ४५ हजार करिब उम्मेदवार कायम हुने देखिन्छ । आज चुनाव चिन्ह प्रदान हुन्छ ।’ हिजो (शुक्रबार) स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको थियो । स्थानीय तह निर्वाचनको आगामी वैशाख ३० गते सम्पन्न हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

शिक्षामन्त्रीको उपस्थितिमा शान्ति शिक्षा मन्दिरको अत्याधुनिक भवन हस्तान्तरण

काठमाडौं । काठमाडौंको मुटु ठहिटीस्थित शान्ति शिक्षा मन्दिर माविको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कम्पनीले भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...