मङ्लबार, साउन २६, २०८३

मङ्लबार, साउन २६, २०८३

ललितपुर कांग्रेसका नेता ठगि धन्दामा, सरकारको पावर देखाउँदै स्थानीयलाई धम्की

ललितपुर । निर्वाचनको माहोल तातिरहँदा ललितपुर कांग्रेसका एक नेता भने ठगिधन्दा जोगाउन अनेक हर्कत गर्न थालेका छन् । स्थानीयसँग विभिन्न प्रलोभन दिएर ठूलो रकम उठाइ भागेका कांग्रेस नेता चुनाव लागेपछि कुरा नउठाउन फकाउने र धम्की दिने गर्न थालेका छन् ।

नेपाली कांग्रेस ललितपुरका नेता सत्यमान घिसिङले स्थानीयको ठूलो पैसा ठगेका छन् । नेपाली कांग्रेसको कोन्ज्योसोम गाउँपालिकाका उपसभापति रहेका घिसिङले ठगेका मध्ये ललितपुर चापागाउँकी दिपिका गोलेलाई अहिले कहिले फकाउने र कहिले धम्क्याउने गरेका छन् । लतिलपुरको चापागाउँकी दिपीका गोलेको साढे तीन लाख रकम ठगेर भागेका घिसिङले विभिन्न मान्छे लगाएर उनलाई दुःख दिन थालेका छन् ।

घिसिङले साढे दुई वर्षअघि विभिन्न प्रलोभन पारेर दिपीकाबाट तीन लाख रुपैयाँ लगेका थिए । जग्गा किन्नलाई पैसा नपुगेको र जग्गा पास गरेपछि दुई दिनमै पैसा फिर्ता दिने भन्दै सापटी लगेका घिसिङले साढे दुई वर्ष बित्दा पनि पैसा नदिएपछि गोले निकै तनावमा परेकी छन् । पैसा फिर्ता माग्दा आफू कांग्रेसको नेता भएको, प्रहरी प्रशासन सबै आफ्नै हातमा भएको र सरकार समेत आफ्नै पार्टीको भएको भन्दै घिसिङले लामो समयदेखि धम्की दिँदै भाग्दै गरेका छन् ।

पारिवारिक चिनजानमा रहेका घिसिङले निकै दवाव दिएपछि दिपिकाले चापागाउँको एक सहकारीबाट साढे तीन लाख रकम ऋण निकालेर दिएकी थिइन । ऋण निकालेर पैसा दिएको भोलिपल्टदेखि घिसिङ भागेको दिपिकाले बताइन । केही समय आफू विजी भएको र पैसा फिर्ता छिट्टै दिने भन्न थालेका घिसिङले केही समयपछि भने उनले अर्को एक जना महिलालाई लगाए । देवी गुरुङ नाम गरेकी महिलालाई लगाएर त्यो रकम छिट्टै तिरिदिने भन्न लगाए । अन्ततः देवी गुरुङ पनि एक दिन महानगरी प्रहरी वृत चापागाउँमा सत्यमानले आफूलाई ठूलो रकम ठगेको भन्दै निवेदन दिन गएको थाहा भयो । त्यसपछि दिपिकाले सत्यमानलाई खोज्न थालिन । तर, सत्यमानका नजिकका मान्छेहरुले उनलाई सत्यमान त्यस क्षेत्रको नामूद गुण्डा भएको, उसले धेरै मान्छेलाई कुटेको, तह लगाएको, हतियार लिएर हिड्ने गरेको भन्दै डराउन थाले । सत्यमानका पछि लागेमा ज्यानको जोखिम हुने भन्दै उनलाई तर्साउन पनि थाले ।

यसविषयमा जानकारी बुझ्न खोज्दा सत्यमानले आफूले पैसा लिएको स्वीकार गरे । साथै त्यो पैसा छिट्टै फिर्ता गर्ने बताए । हाम्रो संवाददाताले सत्यमानसँग भएको कुराकानीको अडियो समेत रेकर्ड गरेर राखेका छन् ।

आफू ठगिएको थाहा पाएपछि दिपिकाले यो कुरा परिवारका केही अन्य सदस्यलाई जानकारी गराईन । त्यसपछि परिवारका अन्य सदस्यबाट पनि त्यसरी नै पैसा लगेको थाहा भएको दिपिका बताउँछिन । साथै उनले गाउँका केही अन्य व्यक्तिहरुबाट पनि ठूलै पैसा उठाएको थाहा भएको उनले जानकारी दिइन ।

सत्यमान अहिले नेपाली कांग्रेसका चुनावी अभियानमा जुटेका छन् । उनी कहिले नेपाली कांग्रेसका सांसद उदय समशेर राणासँग फोटो खिच्दै फेसबुकमा हाल्ने गरेका छन् भने कहिले पार्टीका विभिन्न कार्यक्रममा अतिथि बनेको फोटो हाल्ने गरेका छन् । कहिले विभिन्न सामाजिक काममा सहभागी भएको फोटो फेसबुकमा हाल्ने गरेका छन् ।

दिपिकाले आफू ठगिएको र उल्टै सत्यमानबाट डर, त्रास र धम्की खाएपछि आफ्नो ज्यानको असुरक्षा भएको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी पनि दिएकी छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरले उनको निवेदनलाई जिल्ला प्रहरी कार्यालय जावलाखेललाई बुझ्न पठाएको र जिप्रका जावलाखेलले चापागाउँ प्रहरी कार्यालयलाई पत्राचार गरेको छ । चापागाउँ प्रहरीले उनलाई सम्पर्क गर्दा सत्यमान कहिले आफू चितवन भएको बताउँछन, कहिले हेटौडा भएको बताउँछन् । आफूले दिपिकासँग मिल्ने पनि बताउँछन । तर, उनी अहिलेसम्म न त प्रहरीको सम्पर्कमा आएका छन् न त दिपिकाको घरपरिवारसँग सम्पर्क गरेका छन् ।

राज्यको सुरक्षा निकायले नै यसरी खोज्दा पनि सत्यमान नआएको र उल्टै उनले उजुरी फिर्ता लिन धम्की दिन थालेपछि दिपिकाको परिवार निकै निरास बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पशुपति धर्मशाला समझौता भंग गर्न सिफारिस

काठमाडौँ — नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिलेसिफारिस गरेको छ ।  गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडासम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्ननिर्देशन दिएको हो । समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहरगरेको छ । त्यस्तै बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएकोदेखिदा मिलेमतोको सम्भावना देखिएको पनि समितिको निष्कर्ष छ । समितिले पेस गरेको प्रतिवेदनमा भनिएको छ, 'धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाकोभित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरुपालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ'

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...