बिहिबार, बैशाख १८, २०८२

बिहिबार, बैशाख १८, २०८२

हजुरआमाको हत्या आरोपमा नातिनी पक्राउ

उदयपुर । हजुरआमाको हत्या गरेको आरोपमा उदयपुरमा नातिनी पक्राउ परेकी छन् ।

त्रियुगा नगरपालिका– १३ बहेडवाका ६७ वर्षीया सुखनीदेवी चौधरीको हत्या आरोपमा उनकी नातिनी २४ वर्षीया ममता चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो ।

घरमा कोही नभएको बेला शंकास्पद रूपमा मृत भेटिएकी सुखनीदेवीको नातिनीले हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट विशेष टोली गठन गरी अनुसन्धान गर्ने क्रममा मृतककी नातिनीले हत्या गरेको पाइएको हो । अनुसन्धान टोलीले घटनाको केही दिनपछि हत्या भएको प्रमाणसहित नातिनीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

टिभि हेर्ने क्रममा नातिनी र हजुरआमाबीचमा विवाद उत्पन्न भएको थियो । विवाद हुँदा ममता चौधरीले सुखनीदेवीलाई लात्तिले हानी भुईमा लडाई घाँटी थिचि हत्या गरी भागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनलाई उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

शिक्षामन्त्रीको उपस्थितिमा शान्ति शिक्षा मन्दिरको अत्याधुनिक भवन हस्तान्तरण

काठमाडौं । काठमाडौंको मुटु ठहिटीस्थित शान्ति शिक्षा मन्दिर माविको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कम्पनीले भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण...

बुद्धका शिक्षाबाट माओवादी प्रभावित:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुद्धका शिक्षाबाट आफूहरू प्रभावित भएको बताएका छन्।  लुम्‍बिनीमा आयोजित  २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० का अवसरमा सम्बोधन...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...