बुधबार, साउन २७, २०८३

बुधबार, साउन २७, २०८३

हजुरआमाको हत्या आरोपमा नातिनी पक्राउ

उदयपुर । हजुरआमाको हत्या गरेको आरोपमा उदयपुरमा नातिनी पक्राउ परेकी छन् ।

त्रियुगा नगरपालिका– १३ बहेडवाका ६७ वर्षीया सुखनीदेवी चौधरीको हत्या आरोपमा उनकी नातिनी २४ वर्षीया ममता चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो ।

घरमा कोही नभएको बेला शंकास्पद रूपमा मृत भेटिएकी सुखनीदेवीको नातिनीले हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट विशेष टोली गठन गरी अनुसन्धान गर्ने क्रममा मृतककी नातिनीले हत्या गरेको पाइएको हो । अनुसन्धान टोलीले घटनाको केही दिनपछि हत्या भएको प्रमाणसहित नातिनीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

टिभि हेर्ने क्रममा नातिनी र हजुरआमाबीचमा विवाद उत्पन्न भएको थियो । विवाद हुँदा ममता चौधरीले सुखनीदेवीलाई लात्तिले हानी भुईमा लडाई घाँटी थिचि हत्या गरी भागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनलाई उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...