मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

आलमलाई थुनामुक्त गर्न आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले निलम्बित सांसद मोहम्मद अफ्ताव आलमलाई थुनामुक्त गर्न आदेश दिन अस्वीकार गरेको छ ।

व्यक्ति हत्याको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रौतहटको आदेशविरुद्ध आलमले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमको रिहाइको आदेश दिन अस्वीकार गरेको हो ।

जिल्ला अदालतको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेपछि आलम सर्वोच्च पुगेका हुन् ।

आफूलाई साधारण तारेखमा छाडेर बाहिर बसेर कानुनी लडाइँ लड्ने वातावरण बनाउन आफूलाई थुनामुक्त गर्न आदेश माग गर्दै आलमले सर्वोच्च अदालत पुगेका थिए । तर, सर्वोच्च अदालतले पनि उनलाई थुनामुक्त गर्न आदेश दिएन ।

पहिलो संविधानसभा सदस्य निर्वाचनका बेला २७ चैत २०६४ मा रौतहटको राजपुरमा बम बनाउने क्रममा भएको विस्फोटमा परेर घाइते भएकाले इँटा भट्टामा जलाएर हत्या गरेको आरोपमा आलमलाई असोज २०७६ मा पक्राउ गरिएको थियो ।

रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहेका आलमलाई २९ कात्तिक २०७६ मा जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

मकवानपुरबाट सात हजार परीक्षार्थीले एसईई दिने

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षा शुक्रबारबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण गत दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...