शुक्रबार, साउन १, २०८३

शुक्रबार, साउन १, २०८३

गोरखा कांग्रेसले गर्‍यो ६ जना बागीलाई कारबाही

गोरखा । नेपाली कांग्रेस गोरखाले ६ जना बागी उम्मेदवारलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

शनिबार जिल्ला अनुशासन समितिका संयोजक कृष्णबहादुर आलेले विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारलाई निष्कासन गरेको बताएका हुन् ।

कारबाहीमा पर्ने मध्ये आरुघाट गाउँपालिका वडा नम्बर-७ का रणबहादुर बराम, पालुङटार नगरपालिका वडा नम्बर-४ का स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद सोडारी, वडा नम्बर १० का अमर धिताल र सरस्वती भारती, गोरखा नगरपालिका वडा नम्बर-४ का लालप्रसाद भट्टराई, गोरखा नगरपालिका वडा नम्बर ६ का रंगुबाबु श्रेष्ठ रहेका छन् ।

उनीहरू सबैलाई पार्टीको विधान अनुसार पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बताए ।

बागी उम्मेदवार सबैलाई गत बिहीबारसम्म उम्मेदवारी फिर्ताको समय दिइएको थियो । तर, तोकिएको समयसम्म पनि उम्मेदवारी फिर्ता नगर्ने र स्थगनको घोषणा नगर्नेलाई विधानतः स्वतः कारबाही गरिएको सभापति न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

मोरक्कोलाई साकिराको बधाई

दोहा/विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएकोक्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ। जारी...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...

सुदूरपश्चिमेली समाज जापानको अधिवेशन सम्पन्न, विकास रोकाया अध्यक्षमा सर्वसम्मत निर्वाचित

सुदूरपश्चिमेली समाज जापानको सातौ अधिवेशन आइतबार टोकियोमा सम्पन्न्न भयो ।अधिवेशनले बिकास कुमार रोकायालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । रोकायाको अध्यक्षतामा ९ सदस्यिय कार्यसमितिको गठन...

विदेशीलाई क्यानाडाको भिषा प्रक्रिया सहज बनाईदै

अन्टारियो। अन्य मुलुकबाट क्यानाडा आउनका लागि सञ्चालित कार्यक्रम ‘फेमिली क्लास इमिग्रेसन’ मा सुधार गरिने भएको छ।यसअन्तर्गतको प्रक्रियालाई अझ सहज बनाएर सुधार गरिने भएको हो। क्यानाडाका...