आइतवार, साउन २४, २०८३

आइतवार, साउन २४, २०८३

एक वर्षअघि जेलबाट छुटेका युवकको गएराति भरतपुरमा हत्या

चितवन । चितवनको भरतपुरमा गएराति हत्या गरिएका युवक एक वर्षअघि मात्रै जेलबाट छुटेको खुलेको छ।

एक वर्षअघि जेलबाट छुटेका उनको दुई पक्षबीचको झगडाका कारण धारिलो हतियार प्रहार गरेर हत्या भएको हो।

आइतवार साँझ साढे ७ बजे भरतपुर महानगरपालिका-१२ निवासी अनिल परियार ‘कान’ को धारिलो हतियारबाट हत्या गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए।

यसअघि आपराधिक कृयाकलापमा जोडिएका उनलाई त्यही पृष्ठभूमिका युवाहरूसँगको विवादका क्रममा आक्रमण भएको थियो।

अधिकारीका अनुसार हत्या भएका युवकविरुद्ध यसअघि ज्यान मार्ने उद्योगसहित अन्य अपराधमा पनि मुद्दा चलेको थियो।

‘यो घटना विशुद्ध आपराधिक पृष्ठभूमि जोडिएको देखिन्छ। यसमा कुनै राजनीतिक संलग्नता अहिलेसम्म पाएका छैनौँ’, अधिकारीले भने, ‘हामी अनुसन्धान गर्दैछौँ। ज्यान गुमाएका युवकको विगत पनि विवादित थियो। उनको हत्यामा पनि त्यही पृष्ठभूमिका व्यक्तिहरु संलग्न हुन सक्ने अनुमानसहित अनुसन्धान गरिरहेका छौँ।

आन्तरिक विवाद र लेनदेनका कारण हत्या भएको अनुमान प्रहरीले लगाएको छ। परियार एकजना भारतीय नागरिकसँग नजिक थिए। घटनामा तिनै भारतीयको संलग्नता रहेको अनुमान प्रहरीले अनुसन्धान थालेको छ।

भरतपुर–७ कृष्णपुर खेलमैदान अगाडि धारिलो हतियार प्रहार भएपछि उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। परियार चितवन कारागारमै एक वर्ष सजाय काटेर छुटेका हुन्।

उक्त घटनापछि सोमबार बिहान भरतपुरका केही चोकमा टायर बालेर प्रदर्शन गरिएको छ।

भरतपुरको मिलनचोक र आस्था चोकमा टायर बालेर प्रदर्शन गर्दै घटनामा संलग्नमाथि कारबाही माग गरिएको छ। प्रहरीका अनुसार टायर बाल्ने समूह त्यहाँबाट हिँडिसकेको छ।

निर्वाचन नजिकिँदै गर्दा चितवनमा सुरक्षा चुनौती बढेको छ। पछिल्लो समय निर्वाचनसँग सम्बन्धित र अन्य आपराधिक कृयाकलापमा वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पशुपति धर्मशाला समझौता भंग गर्न सिफारिस

काठमाडौँ — नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिलेसिफारिस गरेको छ ।  गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडासम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्ननिर्देशन दिएको हो । समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहरगरेको छ । त्यस्तै बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएकोदेखिदा मिलेमतोको सम्भावना देखिएको पनि समितिको निष्कर्ष छ । समितिले पेस गरेको प्रतिवेदनमा भनिएको छ, 'धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाकोभित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरुपालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ'

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...