मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

दाङका वडाध्यक्षका उम्मेदवारको काठमाडौंमा निधन भएपछि निर्वाचन कार्यक्रम स्थगित

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका लवरु चौधरीको मृत्यु भएको छ।

कलेजो र मिर्गौला रोगबाट पीडित चौधरीको ५३ वर्षको उमेरमा गएराति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई केही दिनअघि मात्रै काठमाडौं लगिएको थियो। उनको शव दाङ लगेर अन्तिम संस्कार गर्ने तयारी आफन्तले गरेका छन्।

वडाध्यक्षका उम्मेदवारको निधन भएकाले तुलसीपुर उपमहानगरपालिका १७ मा निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित भएका छन्।

कुनै पनि राजनीतिक दलबाट उम्मदेवार बनेकाहरुको निधन भए सम्बन्धित ठाउँमा निर्वाचन कार्यक्रम स्थगित हुने कानुनी प्रावधान छ। तर, स्वतन्त्र उम्मेदवारको हकमा भने यो प्रावधान छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

चिया पसलदेखि करोडौंको मालिक बनेका कार्कीको संघर्षको कथा

काठमाडौं । संघर्ष नै जीवन हो भन्ने कुराको प्रमाण खोज्न कहिलेकाही हामी टाढा पुग्नै पर्दैन । जस्तोसुकै परिस्थितीमा पनि विचलित नभई मिहेनत गर्न छाडेन...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...