मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

जापानका नेपालीका समस्याप्रति थप जिम्मेवार बन्ने संघ-संस्थाहरुको प्रतिबद्धता

टोकियो ।जापानमा क्रियाशिल् सामाजिक संघसंस्था तथा संगठनले जापानको नेपाली समाजप्रति थप जिम्मेवार बन्ने प्रतिबद्धताब्यक्त गरेका छन

पत्रकार महासंघ जापान शाखाले आइतबार टोकियोमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा संघ संस्था तथा संगठनकाजिम्मेवार ब्यक्तिहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन

जापानमा सामाजिक संघ संस्थाहरुको बर्तमान अवस्था भविष्य तथा आपसी सहकार्यबिषयमा पत्रकार महासंघ जापान शाखालेआयोजना गरेको उक्त कार्यक्रममा जापानमा क्रियाशिल् धेरै भन्दा धेरै संघसंस्थाहरुको सहभागिता रहेको थियो

धेरैजसो सहभागिहरुले नेपाली समाजमा भएका समस्याहरु माथि ध्यानाकर्षण गराउदै सबै संस्थाहरुले समस्या समाधानका लागिआपसी सहकार्यमा जोड दिएका थिए

कार्यक्रममा बिशेषगरी धेरै सहभागिहरुले विधार्थीका समस्याहरु बढी भएको टिप्पणी गर्दै समस्या समाधानका लागि संस्थाहरुबीचआवश्यक सहकार्यका साथै सन्देशमुलक कार्यक्रमहरुको आयोजना गरिनुपर्नेमा जोडदिए

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावासका कार्यबाहक राजदूत तथा उपनियोग प्रमुख अम्बिका जोशीले दूतावासले जापानवासीनेपालीका समस्या समाधानको लागि लागिपरेको बताउदै जापानका संघ संस्था संगको सहकार्यमा जोडदिनुभयो 

सबै सँग कमी कमजोरी हुन्छन दूतावासका पनि होलान तर हामी सुधार्दै जानेछौ।दूतावासको काम जापानका नेपालीको सेवा गर्ने नैहो,पछिल्लो समय हामी विधार्धीका समस्याप्रति गम्भिर छौजोशीले भन्नुभयो ।दूतावास सँग

ईमेल,फोन ,मोबाइल फेसबुक मार्फत पनि सम्पर्क गर्न सकिने जानकारी पनि उहाले दिनुभयो 

कार्यक्रममा पत्रकार महसंघका संस्थापक अध्यक्ष तिलक मल्ल ,एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल ,महासचिब सिद्धार्थश्रेष्ठ लगायत अन्य संघ संस्था संगठनका प्रतिनिधिले पनि समसामयिक बिषयमा आफ्ना धारणा  राखेका थिए

कार्यक्रम जापानका पुर्व प्रधानमन्त्री स्वर्गिय शिन्जो आबेप्रति मौन धारण गरेर शुरु गरिएको थियो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

चिया पसलदेखि करोडौंको मालिक बनेका कार्कीको संघर्षको कथा

काठमाडौं । संघर्ष नै जीवन हो भन्ने कुराको प्रमाण खोज्न कहिलेकाही हामी टाढा पुग्नै पर्दैन । जस्तोसुकै परिस्थितीमा पनि विचलित नभई मिहेनत गर्न छाडेन...