आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

जापानका नेपालीका समस्याप्रति थप जिम्मेवार बन्ने संघ-संस्थाहरुको प्रतिबद्धता

टोकियो ।जापानमा क्रियाशिल् सामाजिक संघसंस्था तथा संगठनले जापानको नेपाली समाजप्रति थप जिम्मेवार बन्ने प्रतिबद्धताब्यक्त गरेका छन

पत्रकार महासंघ जापान शाखाले आइतबार टोकियोमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा संघ संस्था तथा संगठनकाजिम्मेवार ब्यक्तिहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन

जापानमा सामाजिक संघ संस्थाहरुको बर्तमान अवस्था भविष्य तथा आपसी सहकार्यबिषयमा पत्रकार महासंघ जापान शाखालेआयोजना गरेको उक्त कार्यक्रममा जापानमा क्रियाशिल् धेरै भन्दा धेरै संघसंस्थाहरुको सहभागिता रहेको थियो

धेरैजसो सहभागिहरुले नेपाली समाजमा भएका समस्याहरु माथि ध्यानाकर्षण गराउदै सबै संस्थाहरुले समस्या समाधानका लागिआपसी सहकार्यमा जोड दिएका थिए

कार्यक्रममा बिशेषगरी धेरै सहभागिहरुले विधार्थीका समस्याहरु बढी भएको टिप्पणी गर्दै समस्या समाधानका लागि संस्थाहरुबीचआवश्यक सहकार्यका साथै सन्देशमुलक कार्यक्रमहरुको आयोजना गरिनुपर्नेमा जोडदिए

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावासका कार्यबाहक राजदूत तथा उपनियोग प्रमुख अम्बिका जोशीले दूतावासले जापानवासीनेपालीका समस्या समाधानको लागि लागिपरेको बताउदै जापानका संघ संस्था संगको सहकार्यमा जोडदिनुभयो 

सबै सँग कमी कमजोरी हुन्छन दूतावासका पनि होलान तर हामी सुधार्दै जानेछौ।दूतावासको काम जापानका नेपालीको सेवा गर्ने नैहो,पछिल्लो समय हामी विधार्धीका समस्याप्रति गम्भिर छौजोशीले भन्नुभयो ।दूतावास सँग

ईमेल,फोन ,मोबाइल फेसबुक मार्फत पनि सम्पर्क गर्न सकिने जानकारी पनि उहाले दिनुभयो 

कार्यक्रममा पत्रकार महसंघका संस्थापक अध्यक्ष तिलक मल्ल ,एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल ,महासचिब सिद्धार्थश्रेष्ठ लगायत अन्य संघ संस्था संगठनका प्रतिनिधिले पनि समसामयिक बिषयमा आफ्ना धारणा  राखेका थिए

कार्यक्रम जापानका पुर्व प्रधानमन्त्री स्वर्गिय शिन्जो आबेप्रति मौन धारण गरेर शुरु गरिएको थियो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

नेचर सुपर मार्केटको चौथो शाखा खुल्दै

काठमाडौं । नेचर सुपर मार्केट प्रालिको चौथो शाखा खुल्ने भएको छ । काठमाडौंको मध्यबानेश्वरस्थित मिलनचोकमा यही फागुन १७ गतेबाट चौथो शाखा सञ्चालनमा आउने अध्यक्ष...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्। बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई...

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको...