२८ औ विश्व आदिवासी दिवस जापानमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।
आइतबार टोकियो स्थित शिनओकुबो मुराहलमा नेपाल आदिवासी जनजाति महासंघ जापानले शुभकामना आदान-प्रदान तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी विश्व आदिवासी दिवस मनाउने भएको हो ।
उक्त कार्यक्रम जापान स्थित नेपाली राजदूत डा:दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा हुने जानकारी नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजिव राईले जानकारी दिनुभयो ।
कार्यक्रम तमु धी जापान,नेपाल तामाङसमाज,जापान ,किरात याक्थुङ चुम्लुङ जापान,नेपाल मगर संघ,जापान,किरात राई यायोक्खा,जापान,थकाली,सेवा,समिति,जापान,शेर्पा,संघ,जापान,नेवाःखल,जापान,नेपाल,आदिवासी,जनजाति,महासंघ,चिबा क्षेत्रिय कमिटी,थारू कल्याणकारिणी सभा,जापान,नेपाल थामी,समाज,जापान,नेपाल आदिवासि जनजाति पत्रकार जापानको सहआयोजनमा हुन लागेको हो ।
कार्यक्रममा उपस्थितिको लागि जापान स्थित सम्पुर्ण संघ- संस्था तथा नेपाली समुदायमा आदिवासी जनजाति महासंघ जापानले हार्दिक अनुरोध पनि गरेको छ ।