सोमवार, बैशाख २९, २०८२

सोमवार, बैशाख २९, २०८२

एनआरएनए जापानमा सहमति

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको लामो विवाद सहमति भएको छ ।
मंगलबार टोक्योमा दुई पक्षबीच वार्ता बसेर सहमति भएको हो ।
एनआरएनए आइसीसीका पूर्वअध्यक्ष भवन भट्टको अगुवाईमा बसेको वार्ताले शिवप्रसाद पौडेललाई अध्यक्षमा अनुमोदन गरेको छ भने अनिता गुरुङलाई संरक्षकमा मनोनित गरेको छ ।

वार्तामा एनआरएनए आइसीसी पूर्व अध्यक्ष भवन भट्ट, एनआरएनए आइसीसी उपाध्यक्ष महेश श्रेष्ठ, उपमहासचिव ओम गुरुङ, एसिया प्यसिफिक संयोजक डिपी कँडेल, उप-संयोजक ददिवल खड्का, शिबप्रसाद पौडेल, बलराम श्रेष्ठ, अनिता गुरुङ, सिद्धार्थ श्रेष्ठ, सरोज खत्री, सालिकराम भण्डारी, बुद्धीराज घिमिरे, बिजय थकाली लगाएत पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, सचिब शान्त पहरीको रोहबरमा सहमति भएको छ ।
गत २०२१ जुलाई ३० मा भएको निर्वाचनमा धाँधली भएको भन्दै विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

सुदूरपश्चिमेली समाज जापानको अधिवेशन सम्पन्न, विकास रोकाया अध्यक्षमा सर्वसम्मत निर्वाचित

सुदूरपश्चिमेली समाज जापानको सातौ अधिवेशन आइतबार टोकियोमा सम्पन्न्न भयो ।अधिवेशनले बिकास कुमार रोकायालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । रोकायाको अध्यक्षतामा ९ सदस्यिय कार्यसमितिको गठन...

पत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि बिज्ञ समूहको सुझाव

काठमाडौँ — पत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले सुझावसहितकोप्रतिवेदन बुझाएको छ । असार १९ गते गठित कार्यदलले १० दिनपछि आइतबार...