बिहिबार, अशोज ८, २०८३

बिहिबार, अशोज ८, २०८३

कमल थापालाई एमालेले सहयोग गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले सहयोग गर्ने भएको छ। राप्रपा नेपालका अध्यक्ष थापा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको हो।

मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा थापा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्दै हुनुहुन्छ ।

‘नेकपा एमालेको सहयोगमा मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार हुँदै छु’, थापाले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ , ‘सद्भाव र सहकार्यका लागि एमालेलाई धन्यवाद ।’ उहाँले लेख्नुभएको छ ।

यता, नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाको टिकट खोसेर थापालाई सूर्य चिह्नबाट उम्मेदवारी दिन सघाउने सहमति भएपछि एमालेभित्र भने विवाद चुलिएको छ ।

केन्द्रीय सदस्य रानाको टिकट खोसिएपछि मकवानपुर एमालेमा असन्तुष्टि देखिएको हो । सामाजिक सञ्जालमार्फत नेता तथा कार्यकर्ताहरुले आफ्ना असन्तुष्टि पोखिरहेका छन् । पुराना र निष्ठावान नेताको टिकट खोसिएको भन्दै नेता कार्यकर्ताले असन्तुष्टि जनाएका छन् ।

एमालेले यो क्षेत्रबाट जिल्ला इञ्चार्ज समेत रहनुभएका केन्द्रीय सदस्य रानालाई उम्मेदवार तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...