बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

बिहीबारदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री गर्ने

हिन्दुहरुको चाड तिहारको धनतेरस अवसर पारेर बिहीबारदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । पर्याप्त मौज्दातरहेकाले माग अनुसार वर्षभर नै सुन र चाँदीको सिक्का बिक्री गर्दै आएको राष्ट्र बैंकले धनतेरसलाई नै लक्षित गरेर बिहीबार देखि बिक्रीसुरु गर्ने राष्ट्र बैंक टक्सार विभाग प्रमुख विनोदराज आचार्यले बताए ।

राष्ट्र बैंकले काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट ती सिक्काको बिक्री गर्नेछ । धनतेरसमा असर्फीको माग धेरै हुने भएकालेसहज तिरिकाले असर्फी र चाँदीका सिक्का बिक्री गरिने तयारी रहेको आचार्यको भनाइ छ । ‘प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १०ग्राममा एक/एक थान असर्फी वितरण गर्छाैं’ उनले भने, ‘आवश्यकता र औचित्य हेरेर त्यसमा कम वा बढी पनि गर्न सकिन्छ ।’

सुनको बजार मूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको हुन्छ । असर्फी व्यक्ति वा संस्था दुबैले खरिद गर्न सक्छन् ।व्यक्तिलाई असर्फी बिक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम २ सय रुपैयाँ थप गरी दैनिक मूल्य तय गर्छ । तर, संस्थाको हकमा प्रतिग्राम तीन सय रुपैयाँ थप गरिने राष्ट्र बैंकले बताएको छ । पुरानो टक्सार कार्यालय सुन्धाराबाट बबरमहलस्थानान्तरण गरेर राष्ट्र बैंकले बबरमहलबाटै सिक्का बनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एप्पल विश्वको सबैभन्दा मूल्यवान ब्राण्ड

एप्पल सन् २०२२ मा विश्वको सबैभन्दा बढी मूल्यवान ब्राण्ड हुन सफल भएको छ । ब्राण्ड डाइरेक्टरीको रिपोर्ट अनुसार विश्वभरका ५०० कम्पनी मध्ये सन् २०२२...

पाकिस्तानका एक पत्रकारको गोली हानी हत्या

पाकिस्तानका एक टेलिभिजन पत्रकारको सोमबार प्रेस क्लब बाहिर गोली हानी हत्या गरिएको छ ।  स्थानीय पत्रकार समूहलेआक्रमणलाई प्रेस स्वतन्त्रतामा खतरा भएको बताएको छ । स्थानीय...

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...

ड्रोन आक्रमण अमेरिकाको योजना भएको रुसको दाबी

दिमित्री पेस्कोभले क्रेमलिनमा हालै भएको ड्रोन आक्रमणमा अमेरिका र युक्रेनको हात रहेको बताएका छन्। 'हामीसँग यसको प्रमाण छ। त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त...