आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

राष्ट्रिय परीक्षा बोर्डका अधिकारीले गरे एभरेष्ट इन्टरनेशनल स्कुलसंग अन्तर्क्रिया

टोकियो – नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा तथा बोर्डका सदस्य-सचिव दूर्गाप्रसाद अर्याल र एभरेष्ट इन्टरनेसनल स्कुल जापानबीच हालै टोकियोमा एक अन्तरक्रियात्मक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

टोकियोको ओगिकुबो स्थित उक्त स्कुलको अवलोकन भ्रमणका लागि जापान आएका बोर्डका अधिकारीद्वय र स्कुलको सञ्चालक समितिका पदाधिकारी, सल्लाहकारहरु र शिक्षक-शिक्षिकाहरुबीच शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरका बोल्दै बोर्डका अध्यक्ष डा. शर्माले जापान जस्तो मुलुकमा नेपाली पाठ्यक्रम अनुसार पढाई हुने स्कुल स्थापना गरेर नयाँ पुस्ताका नानीबाबुहरुलाई नेपालसंग जोड्ने कार्य वास्तवमै सह्रानीय एवं ऐतिहासिक रहेको बताउनुभयो । यसप्रकारको दूरगामी महत्व राख्ने सोचका तत्कालिन परिकल्पनाकारहरुप्रति उहाँले आभार ब्यक्त गनुभयो ।

यसैगरी जापानका लागि नेपाली राजदूत डा. दूर्गाबहादुर सुबेदी क्षेत्रीले एभरेष्ट इन्टरनेसनल स्कुल नेपाल र जापान दूबै सरकारबाट मान्यता प्राप्त मुलुकबाहिरको पहिलो स्कुल भएकोले विश्वकै लागि एउटा मोडल स्कुलकारुपमा परिचित रहेको बिचार ब्यक्त गर्नुभयो । उक्त स्कुल दूतावासकै अभिन्न अंगकारुपमा आफुले लिएको बताउँदै उहाँले दूतावास परिवार स्कुलसंग सहकार्यका लागि सदा तत्पर रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै बोर्डका सदस्य-सचिव अर्यालले एभरेष्ट इन्टरनेसनल स्कुल जापानको टिमवर्क, गतिविधि र स्कुलले गरेको प्रगति देखेर आफु निकै प्रभावित भएको बिचार ब्यक्त गनुएभयो ।

सञ्चालक समितिका अध्यक्ष भवन भट्टको सभापतित्वमा भएको सो कार्यक्रममा कार्यकारी समितिका सदस्य कमलचन्द्र आचार्यको स्वागत मन्तब्य रहेको थियो भने सञ्चालक समितिका संस्थापक अध्यक्ष डा. भूपालमान श्रेष्ठले स्कुल स्थापना कालदेखि हालसम्मका गतिबिधि र अबका चुनौती बारे संक्षिप्तमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको अन्तमा, सञ्चालक समितिका सल्लाहकार
समेत रहेका एनआरएन आइसीसीका उपाध्यक्ष महेशकुमार श्रेष्ठको धन्यबाद मन्तब्य रहेको थियो । कार्यक्रमको समापन गर्दै सञ्चालक समितिका अध्यक्ष भट्टले स्कुलका भावी योजनाहरुका बारेमा प्रकाश पार्नुभएको थियो । सञ्चालक समितिका सदस्य भूषण घिमिरेको सञ्चालन रहेको सो अन्तरक्रियात्मक भेटघाट कार्यक्रम पश्चात परीक्षा बोर्डका अधिकारीद्वयको सम्मानमा मैत्रिपूर्ण रात्रिभोज कार्यक्रम पनि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

नेचर सुपर मार्केटको चौथो शाखा खुल्दै

काठमाडौं । नेचर सुपर मार्केट प्रालिको चौथो शाखा खुल्ने भएको छ । काठमाडौंको मध्यबानेश्वरस्थित मिलनचोकमा यही फागुन १७ गतेबाट चौथो शाखा सञ्चालनमा आउने अध्यक्ष...

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्। बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई...

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको...