काठमाडौँ — निर्वाचन आयोगले १५ स्थानमा मतदान स्थगित भएको जनाएको छ । आइतबार साँझ निर्वाचन आयोगमा आयोजितपत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गुल्मी, सुर्खेत, नवलपरासी, बाजुराका १५ स्थानमामतदान स्थगित गरिएको बताएका छन् ।
‘मतदानलाई शान्तिपूर्ण र सहज रुपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न खोजे पनि सुर्खेत, नवलपरासी, गुल्मी, बाजुरा जिल्लाका१५ स्थानमा मतदान स्थगन हुन पुगेको छ । आयोगले सबै मतदान अधिकृतहरुलाई आज मध्यान्ह निर्देशन दिँदै, मतदान केन्द्रमा सामान्यविवादको कारण आज स्थगन भएको स्थानमा सुचारु गर्न प्रयत्न गरेको थियो‘ थपलियाले भने ‘साँझ ५ बजेसम्म स्थगन भएको सूचनाटाँस नगर्न, आयोगको पूर्व सहमति लिएर मात्रै स्थगन भएको सुचना टाँस गर्न निर्देशन दिएको थियो ।‘ थपलियाले स्थगित भएकोस्थानमा २ दिनभित्र मतदान गर्ने वातावरण निर्माण गर्न निर्देशन दिएको बताए ।
‘केही जिल्लाको मतदान केन्द्रमा केही कारणवस मतदान कार्य रोकिएकोमा राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि तथा कर्मचारीसँगछलफल गरि पुन सूचारु गरिएको थियो । त्यस क्रममा राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधिहरुको संयमता र सौहाद्रताका लागिआयोग धन्यवाद ज्ञापन गर्दछ । आयोगले जुन जुन ठाउँमा स्थगत भएको छ त्यहाँको तथ्यगत विवरणको आधारमा जनताकोअभिमतलाई कदर मतदान पुन: गर्न आवश्यक भएको बाध्यता महशुस भयो‘ उनले भने ‘स्थगन वा रद्द भएको मतदान केन्द्रमा बढी तयारीगरेर दुई दिनभित्र पुन मतदान गराउने निर्णय गरिसक्न उपयुक्त मिलाउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई आयोगले दिईसकेको छ ।‘