मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

भारत र चीनका सैनिकहरूबीच फेरि सीमामा झडप

भारत र चीनका सैनिकहरूबीच फेरि सीमामा झडप भएको छ ।

भारतीय समाचार पत्र द हिन्दुका अनुसार अरूणाचलको सिमानामा गत शुक्रबार झडप हुँदा कैयौं भारतीय सैनिकहरू घाइते भएका छन्।

सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै हिन्दुले याङ्जी तवाङ क्षेत्रमा भएको झडपका क्रममा चिनियाँ सैनिक पनि घाइते भएको उल्लेख गरेको छ।

घाइते भएका भारतीय सैनिकहरूलाई उपचारका लागि गुवाहटी लगिएको छ।

सन् २०२० को जुनमा लद्दाखको गल्वान उपत्यकामा चिनियाँ र भारतीय सैनिकबीच झडप भएको थियो। उक्त झडपमा २० जना भारतीय सैनिक मारिएका थिए। उक्त झडपमा मारिएका आफ्ना सैनिकबारे चीनले औपचारिक जानकारी दिएको छैन।

उक्त घटनापछि दुई देशका सैनिकबीच फेरि झडप भएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...

मकवानपुरबाट सात हजार परीक्षार्थीले एसईई दिने

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षा शुक्रबारबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण गत दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा...