सोमवार, बैशाख २९, २०८२

सोमवार, बैशाख २९, २०८२

अष्ट्रेलियाले जापान र भारतसंग रक्षा साझेदारी बढाउने

क्यानबेरा — अस्ट्रेलियाले भारत र जापानलगायत हिन्द प्रशान्त क्षेत्रका प्रमुख साझेदारहरूसँग कूटनीतिक र रक्षा साझेदारीलाई बढाउने भएको छ । दक्षिण चीन सागरमा चीनको बढ्दो दाबी र विधिमा आधारित व्यवस्था जोखिममा परेको भन्दै अस्ट्रेलियाले यस्तो सम्बन्ध विस्तारमा जोड दिएको हो ।

क्यानबेराले गत सोमबार सार्वजनिक गरेको रक्षासम्बन्धी रणनीतिक प्रतिवेदनमा भारतलगायत प्रमुख शक्तिराष्ट्रसँग आफ्नो सैन्य सम्बन्ध र व्यावहारिक सहयोग विस्तार गर्न जारी राख्नुपर्नेमा जोड दिएको छ । हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकाको एकध्रुवीय नेतृत्व नरहेको र चीन–अमेरिकाबीचको तीव्र प्रतिस्पर्धा द्वन्द्वको कारक बन्न सक्ने भएकाले त्यसतर्फ सचेत हुन प्रतिवेदनमा सुझाइएको छ । ‘अस्ट्रेलियाले जापान र भारतलगायत प्रमुख शक्तिहरूसँग आफ्नो सम्बन्ध र व्यावहारिक सहयोग विस्तार गर्न जारी राख्नुपर्छ, क्यानबेराले क्षेत्रीय एकता र विकासका लागि लगानी गर्न आवश्यक छ,’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदन अस्ट्रेलियाको रक्षा बलका पूर्वप्रमुख एंग्स ह्युस्टन र पूर्वरक्षामन्त्री स्टिफन स्मिथले तयार पारेका हुन् । प्रतिवेदनले रक्षा र राष्ट्रिय सुरक्षा खर्चमा वृद्धि, राष्ट्रिय खुफिया तत्त्वहरूको पुनर्गठन र साइबर सुरक्षामा पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिएको छ । हिन्द–प्रशान्त रणनीतिक ढाँचा अपनाउने, क्षेत्रीय रणनीतिक योजनाका साथै बहुपक्षीय, त्रिपक्षीय र द्विपक्षीय साझेदारी विस्तार गर्दै जापान, भारत र संयुक्त राज्य अमेरिकासँग क्वाड साझेदारी अभिवृद्धि हुनुपर्ने प्रतिवेदनको सुझाव छ । प्रतिवेदनले अस्ट्रेलिया र चीनबीचको स्थिर सम्बन्ध दुवै देश र बृहत् क्षेत्रको हितमा रहेको बताएको छ ।

अस्ट्रेलियाले चीनसँगको सहयोग जारी राख्नुपर्ने, मतभिन्नतालाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्नुपर्ने र राष्ट्रिय हितलाई सर्वोपरि मानेर अघि बढ्नुपर्ने खाँचो प्रतिवेदनमा औंल्याइएको छ । प्रतिवेदन सार्वजनिक गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आगामी दशकमा अस्ट्रेलियाको रणनीतिक नीति, रक्षा योजना र स्रोतहरूका लागि खाका तयार गर्न प्रतिवेदन सहयोगी हुने बताए

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

शिक्षामन्त्रीको उपस्थितिमा शान्ति शिक्षा मन्दिरको अत्याधुनिक भवन हस्तान्तरण

काठमाडौं । काठमाडौंको मुटु ठहिटीस्थित शान्ति शिक्षा मन्दिर माविको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कम्पनीले भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...