मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

एलन मस्कको कारले पायो उडने अनुमति

काठमाडौं । एलन मस्कको कम्पनी स्पेस एक्सको लगानी भएको एलेफ एरोनोटिक्सले उड्ने कारको परीक्षणको अनुमति पाएको छ ।

क्यालिफोर्नियाको उक्त कार निर्माता कम्पनीले हालै एक विज्ञप्ति जारी गर्दै फ्लाइङ कार ‘मोडल ए’ का लागि संघीय उड्डयन प्रशासन (FAA) बाट उडान अनुमति पाएको जानकारी दिएको हो ।

कम्पनीले आफूलाई उड्ने कारको परीक्षणका लागि अनुमति पाउने पहिलो कम्पनी भएको समेत दाबी गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै एलेफका सीईओ जिम डिखोब्नीले भने, “यसले हाम्रो समय बचत गर्न वातावरणलाई जोगाउन उत्तिकै मद्दत गर्छ । यो विमानका लागि एउटा सानो काम होला तर कारका लागि एक विशाल कदम हो ।”

एलेफका अनुसार एफएएले उक्त कम्पनीलाई केही सीमित क्षेत्रमा मात्र परीक्षण गर्नका लागि उडान अनुमति दिएको छ । एलेफ यस्तो कम्पनी हो जुन हाल आकाशमा उड्ने र जमिनमा गुड्ने कार निर्माणमा केन्द्रित छ ।

कम्पनीले यस्तो गाडी निर्माण गरेको दाबी गरेको छ जसलाई अहिलेको बाटोमा सहजै गुडाउन सकिन्छ । यस गाडीमा एक पटकमा दुई जनाले मात्र यात्रा गर्न सकिने बताइएको छ ।

सीईओ डिखोब्नीले गत डिसेम्बरमा सीएनबीसीलाई अन्तर्वार्ता दिँदै २०२५ सम्म उड्ने कार आकाशमा देख्न सकिने बताएका थिए ।

कम्पनीले आफूले उड्डयन अनुमति पाएको खबर सार्वजनिक गरेपछि एलेफको शेयर ४४ प्रतिशतले बढेको बिजनेस इन्साइडरले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

चिया पसलदेखि करोडौंको मालिक बनेका कार्कीको संघर्षको कथा

काठमाडौं । संघर्ष नै जीवन हो भन्ने कुराको प्रमाण खोज्न कहिलेकाही हामी टाढा पुग्नै पर्दैन । जस्तोसुकै परिस्थितीमा पनि विचलित नभई मिहेनत गर्न छाडेन...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...