बुधबार, अशोज ७, २०८३

बुधबार, अशोज ७, २०८३

एलन मस्कको कारले पायो उडने अनुमति

काठमाडौं । एलन मस्कको कम्पनी स्पेस एक्सको लगानी भएको एलेफ एरोनोटिक्सले उड्ने कारको परीक्षणको अनुमति पाएको छ ।

क्यालिफोर्नियाको उक्त कार निर्माता कम्पनीले हालै एक विज्ञप्ति जारी गर्दै फ्लाइङ कार ‘मोडल ए’ का लागि संघीय उड्डयन प्रशासन (FAA) बाट उडान अनुमति पाएको जानकारी दिएको हो ।

कम्पनीले आफूलाई उड्ने कारको परीक्षणका लागि अनुमति पाउने पहिलो कम्पनी भएको समेत दाबी गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै एलेफका सीईओ जिम डिखोब्नीले भने, “यसले हाम्रो समय बचत गर्न वातावरणलाई जोगाउन उत्तिकै मद्दत गर्छ । यो विमानका लागि एउटा सानो काम होला तर कारका लागि एक विशाल कदम हो ।”

एलेफका अनुसार एफएएले उक्त कम्पनीलाई केही सीमित क्षेत्रमा मात्र परीक्षण गर्नका लागि उडान अनुमति दिएको छ । एलेफ यस्तो कम्पनी हो जुन हाल आकाशमा उड्ने र जमिनमा गुड्ने कार निर्माणमा केन्द्रित छ ।

कम्पनीले यस्तो गाडी निर्माण गरेको दाबी गरेको छ जसलाई अहिलेको बाटोमा सहजै गुडाउन सकिन्छ । यस गाडीमा एक पटकमा दुई जनाले मात्र यात्रा गर्न सकिने बताइएको छ ।

सीईओ डिखोब्नीले गत डिसेम्बरमा सीएनबीसीलाई अन्तर्वार्ता दिँदै २०२५ सम्म उड्ने कार आकाशमा देख्न सकिने बताएका थिए ।

कम्पनीले आफूले उड्डयन अनुमति पाएको खबर सार्वजनिक गरेपछि एलेफको शेयर ४४ प्रतिशतले बढेको बिजनेस इन्साइडरले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

आबे हत्यारालाई लाखौ सहयोग जुटदै

जापान। जापानका पुर्वप्रधानमन्त्री सिन्जो आबेलाई गत जुलाई ८ तारिख  नारामा चुनावी प्रचारमा भाषण गर्दै गर्दा पछाडीबाट गोलीप्रहार गरेका संदिग्ध यामागामी तेचुयालाई १० लाख येनभन्दा...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...