काठमाडौँ — पत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले सुझावसहितकोप्रतिवेदन बुझाएको छ ।
असार १९ गते गठित कार्यदलले १० दिनपछि आइतबार काउन्सिललाई सुझावसहितको प्रतिवेदन बुझाएको हो ।
समूहका सदस्य एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष महेन्द्र विष्टले नेपाली पत्रकारिताका नयाँ आयाम, सामाजिक सञ्जाल, पूराना र नयाँ सञ्चार माध्यमको नियमन लगायतका विषयमा विस्तृत सुझाव दिइएको बताए ।
उनले सूचीकृत भएर तथा नभइ सञ्चालनमा रहेका अनलाइनका विषयमा काउन्सिलले गरिरहेको अभ्यास, पत्रकार आचारसंहिता, हालभइरहेको नियमनको कार्यलगायतमा कानुनी र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा सुझाव दिइएको बताए ।
यस्तै नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले प्रतिवेदनको सुझावका आधारमा काउन्सिलले तत्काल सुधारसहितकोकार्य थाल्ने विश्वास व्यक्त गरेका छन् । यस्तै पत्रकार बबिता बस्नेतले चुनौतीका रूपमा रहेको अनलाइन र युट्युबका नयाँ विषय पनिप्रतिवेदनमा समेटिएको बताइन् ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले विज्ञको सुझाव काउन्सिल र नेपाल पत्रकार महासङ्घ लगायत सबैखाले सञ्चारमाध्यम र नागरिकका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए ।प्रतिवेदन ग्रहण गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलेविज्ञ समूहबाट आएका सुझावहरूको अनुशरण र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
सञ्चार क्षेत्रको नयाँ चुनौती र अभिव्यक्ति स्वतन्त्रतालाई कानुन अनुसार सुरक्षित गर्ने विषयमा प्रतिवेदनको सुझावलाई कार्यान्वयनमालैजाने उनको भनाइ थियो । काउन्सिलको सभाहलमा आइतबार भएको प्रतिवेदन हस्तान्तरण कार्यक्रमको सहजीकरण काउन्सिलकामुख्य अधिकृत झबिन्द्र भुसालले गरेका थिए ।
काउन्सिलले यही असार १९ गते वरिष्ठ पत्रकारहरू तारानाथ दाहाल, डा. महेन्द्र विष्ट र बबिता बस्नेतलाई सुझावसहितको प्रतिवेदन दिनजिम्मेवारी दिएको थियो