बुधबार, साउन २७, २०८३

बुधबार, साउन २७, २०८३

पत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि बिज्ञ समूहको सुझाव

काठमाडौँपत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले सुझावसहितकोप्रतिवेदन बुझाएको 

असार १९ गते गठित कार्यदलले १० दिनपछि आइतबार काउन्सिललाई सुझावसहितको प्रतिवेदन बुझाएको हो 

समूहका सदस्य एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष महेन्द्र विष्टले नेपाली पत्रकारिताका नयाँ आयाम, सामाजिक सञ्जाल, पूराना नयाँ सञ्चार माध्यमको नियमन लगायतका विषयमा विस्तृत सुझाव दिइएको बताए 

उनले सूचीकृत भएर तथा नभइ सञ्चालनमा रहेका अनलाइनका विषयमा काउन्सिलले गरिरहेको अभ्यास, पत्रकार आचारसंहिता, हालभइरहेको नियमनको कार्यलगायतमा कानुनी अन्तर्राष्ट्रिय अभ्यासका आधारमा सुझाव दिइएको बताए 

यस्तै नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले प्रतिवेदनको सुझावका आधारमा काउन्सिलले तत्काल सुधारसहितकोकार्य थाल्ने विश्वास व्यक्त गरेका छन्  यस्तै पत्रकार बबिता बस्नेतले चुनौतीका रूपमा रहेको अनलाइन युट्युबका नयाँ विषय पनिप्रतिवेदनमा समेटिएको बताइन् 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले विज्ञको सुझाव काउन्सिल नेपाल पत्रकार महासङ्घ लगायत सबैखाले सञ्चारमाध्यम नागरिकका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए ।प्रतिवेदन ग्रहण गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलेविज्ञ समूहबाट आएका सुझावहरूको अनुशरण कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् 

सञ्चार क्षेत्रको नयाँ चुनौती अभिव्यक्ति स्वतन्त्रतालाई कानुन अनुसार सुरक्षित गर्ने विषयमा प्रतिवेदनको सुझावलाई कार्यान्वयनमालैजाने उनको भनाइ थियो  काउन्सिलको सभाहलमा आइतबार भएको प्रतिवेदन हस्तान्तरण कार्यक्रमको सहजीकरण काउन्सिलकामुख्य अधिकृत झबिन्द्र भुसालले गरेका थिए 

काउन्सिलले यही असार १९ गते वरिष्ठ पत्रकारहरू तारानाथ दाहाल, डा. महेन्द्र विष्ट बबिता बस्नेतलाई सुझावसहितको प्रतिवेदन दिनजिम्मेवारी दिएको थियो 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...