आइतवार, साउन २४, २०८३

आइतवार, साउन २४, २०८३

दार्चुला पुगेको गृह मन्त्रालयको छानबिन समितिले काम थाल्यो

दार्चुला । महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबीले) तुईनको डोरी फुकालिदिएपछि जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले दार्चुला पुगेर काम थालेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले बुधबार दिनभरि घटनाका प्रतक्षदर्शी, पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल लगायतसँग छलफल गरेको छ ।

मंगलबार बेलुकी दार्चुला पुगेको समितिमा संयोजक गौतमसँगै सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी सदस्य रहेका छन् । समितिले घटनास्थलमा जानुभन्दा पहिले दार्चुला सदरमुकाम खलंगामा प्रत्यक्षदर्शीहरुलाई भेटेर बयान लिनुका साथै सरोकारवालाहरुका सुझाब समेत संकलन गरेको छ । छलफलमा सहभागि पत्रकार र मानवअधिकारकर्मीहरुले घटनालाई तोडमोड नगरेर सत्यतथ्य बाहिर ल्याउन, दोषीलाई कारवाही गर्न र पीडितलाई उचित क्षतिपूर्तिका लागि पहल गर्न अनुरोध गरेका छन् ।

समितिले घटनास्थल पुगेर फर्किएका सुरक्षाकर्मी र जिल्लास्थित अन्य सरकारी अधिकारीसँग छलफल गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट घटनाको सम्बन्धमा वास्तविक सत्यतथ्य छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका डिएसपी वीरसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहित तीनजनाको टोली स्थलगत निरीक्षणका लागि खटिएको थियो । घटनास्थल पुगेका ती अधिकारीसँग गृहको छानबिन समितिले थप विवरण लिएको छ । सरोकारवालाहरुसँगको छलफलको क्रममा समिति संयोजक गौतमले सत्यतथ्यको नजिक पुगेर घटनाबारे वास्तविक प्रतिवेदन सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

छानबिन टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ । तुइन तर्दै गर्दा एसएसबीका जवानले डोरी फुकालिदिएपछि धामी महाकालीमा खसेर बेपत्ता भएको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् । तीन दिनदेखि प्रतक्षदर्शीहरुलाई समेत सम्पर्क विहिन बनाइएको छ । छानबिन समितिको प्रतिवेदनपछि सरकारले यसबारे थप निर्णय लिने गृहमन्त्री बालकृष्ण खाणले बताउनुभएको छ । जिल्लस्तरीय छानबिन टोलीले घटनाका प्रत्यक्षदर्शीहरू कल्याणसिंह धामी, अनिता धामी, विक्रम रंकोलीलाई खलङ्गा पु¥याइएको छ । प्रत्यक्षदर्शीलाई सुरक्षा दिई अन्यसँग भेटघाट गर्न दिइएको छैन । कल्याणले २१ वर्षदेखि त्यहीं तुइन सञ्चालन गर्दै आउनुभएको छ । अनिता र विक्रम महाकालीमा बेपत्ता भएका जयसिंहसँगै सदरमुकाम हुँदै काठमाडौँ जानका लागि गाउँबाट हिँडेका थिए ।

 मङ्गलबार प्रतिनिधिसभा बैठकमा दार्चुलाबाट निर्वाचित सासंद गणेशसिंह ठगुन्नाले घटनाबारे सत्यतथ्य बाहिर ल्याउन संसदिय छानबिन समिति गठन गर्न र भारतसँग औपचारीक विरोध जनाउन माग गर्नुभयो । एसएसबीले तुईन फुकालेकोले घटनामा संलग्न एसएसबीलाई कडा कार्वाहीको माग र पिडित परिवारलाई उचित क्षर्तिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । सीमामा नागरिकले भोग्नुपरेको समस्या समाधान गर्न दार्चुला तिकंर सडक राष्ट्रिय महत्तकासाथ तीव्र गतिमा निर्माण गर्नुपर्ने सासंद ठगुन्नाको भनाइ छ ।

भारतीय प्रशासनले घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन प्रकरणमा एसएसबी विरुद्ध बोलेको भन्दै तीन जना भारतीय नागरिकलाई कार्वाहीको माग गरेको छ । साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी राप्लाको मालघाटबाट तुइन तर्ने क्रममा बेपत्ता हुनुमा एसएसबीको दोष रहेको भन्दै ती तीन जनाले दुष्प्रचार गरेको एसएसबीको आरोप छ । भारतीय सञ्चार माध्यम हिन्दुस्तान दैनिकका अनुसार पिथौरागढ जिल्लाको धारचुला तहसिल अन्तर्गत पाङला क्षेत्रको गस्कु जयकोटका तीन जना भारतीय नागरिकविरुद्ध एसएसबीले उत्तराखण्ड प्रहरीमा उजुरी दिएको हो । ती तिनै जना ट्याक्सी चालक हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

पशुपति धर्मशाला समझौता भंग गर्न सिफारिस

काठमाडौँ — नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिलेसिफारिस गरेको छ ।  गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडासम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्ननिर्देशन दिएको हो । समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहरगरेको छ । त्यस्तै बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएकोदेखिदा मिलेमतोको सम्भावना देखिएको पनि समितिको निष्कर्ष छ । समितिले पेस गरेको प्रतिवेदनमा भनिएको छ, 'धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाकोभित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरुपालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ'

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...