बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३

डोटीमा भाइरल ज्वरोको बिरामी बढे

डोटी । जिल्ला अस्पताल डोटीमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत पाँच÷सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको हो ।

जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०÷७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला अस्पतालमा दैनिक औसतमा कम्तीमा पनि ४० देखि ५० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्, अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् ।”

केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको अस्पतालले जनाएको छ । मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको शेलेश्वरी अस्पताल दिपायलका डा ललितकुमार लिम्बूले बताउनुभयो ।

शैलेश्वरी अस्पतालमा पनि दैनिक ५० देखि ६० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका निर्देशक आइजङग कुँवरले जानकारी दिनुभयो । यसैगरी यहाँका अन्य निजी पोलिक्लिनिक तथा मेडिकलहरुमा समेत उक्त रोगका बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मीहरु बताउछन् । भाइरल ज्वरो आएका बिरामीले नआत्तिन, झोल पदार्थ बढी खान, सफा पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन स्वास्थ्यकर्मीले सबैमा आग्रह गरेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १६ राउण्ड हवाई फायर

काठमाडौँ । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले...

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। सोमबार एक...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...