बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३

द्विपक्षीय सहकार्य गरेर उब्जेका विषयहरुको समाधान गर्न समितिको सुझाव 

काठमाडौँ — चीनसँग सीमा जोडिएको हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाईपत्राचार गरेको छ । गृह मन्त्रालयले पछिल्लो पटक सरकारद्वारा जयनारायण आचार्यको नेतृत्वमा गठित सीमा क्षेत्र सम्बन्धी अध्ययन गर्नगठित समितिले बुझाएको प्रतिवेदनको सुझावको आधारमा परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको हो । 

गृह मन्त्रालयका सह–प्रवक्ता दिलकुमार तामाङले समितिले दिएको सुझावको आधारमा परराष्ट्र मन्त्रालयलाई सोमबार पत्राचारगरिसकेको जानकारी दिए । गृहले पत्रका साथै समितिले तयार पारेको प्रतिवेदनलाई परराष्ट्रमा समेत पठाइएको छ । स्रोतका अनुसारसीमा क्षेत्रमा उब्जेका केहि विषयहरुमा द्विपक्षीय सहकार्य गरेर समाधान गर्न समितिले सुझाव दिइएको छ ।

समितिले असोज १० गते गृहमन्त्री बालकृष्ण खाँणलाई अध्ययन प्रतिवेदन बुझाएको थियो । उक्त समितिमा नापी विभागकाउपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीपकुमार पाल रराष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ सदस्य थिए । उक्त टोली भदौ २५ मा स्थलगत अध्ययनकोलागि हुम्ला गएको थियो । असोज २ गते उक्त अध्ययन टोली काठमाडौं आएर प्रतिवेदन लेखेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १६ राउण्ड हवाई फायर

काठमाडौँ । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले...

नेपालमा सोमबार ३१२५ कोरोना संक्रमित थपिए, २३ को मृत्यु

काठमाडौं । नेपालमा सोमबार ३ हजार १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १०...

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। सोमबार एक...