मङ्लबार, साउन २६, २०८३

मङ्लबार, साउन २६, २०८३

माइतीघरमा पत्रकारको प्रदर्शन

श्रमजिवी पत्रकारहरूका पक्षमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । ‘जहाँ श्रम समस्या, त्यहाँ नेपाल पत्रकार महासंघ’ भन्ने नाराका साथ महासंघले बुधबार काठमाडौंमा ‘वृहत् ऐक्यबद्धता’ प्रदर्शन गरेको हो । 

चाडबाडका बेलासमेत केही सञ्चारसंस्थाले पारिश्रमिक नदिएको, कोरोनालाई देखाउदै सञ्चारगृहबाट पत्रकारलाई निष्कासन गरेकोभन्दै पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागी पत्रकारहरूले ‘पेशागत अधिकार रक्षाका लागि आन्दोलन जारी छ, हामी पत्रकार चाहन्छौँ श्रम अधिकार, सञ्चारमाध्यमभित्रको श्रम समस्या समाधान गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा महासंघका उपाध्यक्ष रमेश बिष्टले अहिले आन्दोलनको सुरुवातमात्र भएको भन्दै पत्रकारको हकहितका लागि सञ्चारगृहकासाथै सञ्चारगृहका सञ्चालकको घरको ढोका धर्ना दिने चेतावनी दिए । त्यस्तै महासंघका महासचिव रोशन पुरीले श्रम समस्यासम्बोधनका लागी महासंघले सरोकारवाला निकायको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको बताए । 

महासंघले पारिश्रमिकसँगै श्रमसँग जोडिएका अन्य समस्या समाधान हुनपर्ने माग अघि सारेको छ । त्यस्तै महासंघले अब पत्रकारकोपक्षमा निरन्तर दबावमुलक कार्यक्रम गर्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पशुपति धर्मशाला समझौता भंग गर्न सिफारिस

काठमाडौँ — नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिलेसिफारिस गरेको छ ।  गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडासम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्ननिर्देशन दिएको हो । समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहरगरेको छ । त्यस्तै बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएकोदेखिदा मिलेमतोको सम्भावना देखिएको पनि समितिको निष्कर्ष छ । समितिले पेस गरेको प्रतिवेदनमा भनिएको छ, 'धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाकोभित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरुपालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ'

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...