सोमवार, अशोज ५, २०८३

सोमवार, अशोज ५, २०८३

६० जना हिमालआरोहीहरू अमेरिकामा सम्मानित 

नेपालका ६० जना हिमालआरोहीहरू अमेरिकामा सम्मानित भएका छन् । न्यूयोर्क राज्य सांसद जेनिफर राजकुमारले ती हिमालआरोहीहरूलाई सम्मान गरेकी हुन् । न्यूयोर्कमा आयोजित विशेष समारोहमा आरोहीहरूलाई सम्मानपत्रबाट सम्मान गरिएको हो । सोहीअवसरमा ‘युएस–नेपाल क्लाइम्बर्स एसोशिएसन’ का स्वयंसेवकहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा हिमाल आरोही शेर्पाहरूको अदम्य साहस, त्याग र इमानदारिताको सम्मान गर्दै न्यूयोर्क राज्यको राजधानी आल्बानीमासगरमाथा दिवस मनाइने राज्य सांसद जेनिफरले घोषणा समेत गरिन् । मे २९ लाई राज्य सांसदबाटै सगरमाथा दिवसका रुपमा घोषणागर्न राजकुमारले राज्य संसदमा एक रिजोलुसन पेश गर्दैछिन् । उनले अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई यस वर्ष देखि न्यूयोर्ककोराजधानी आल्बानीमा समेत मनाईने घोषणा गरिन्

कार्यक्रममा नेपाली महावाणिज्यदूत बिष्णुप्रसाद गौतमले सगरमाथा दिवसलाई न्यूयोर्कमा मान्यता दिएकोमा नेपाल सरकारको तर्फबाटधन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सबै भन्दा धेरै जनसंख्या मधेस प्रदेशमा

काठमाडौँ — नेपालको जनगणना २०७८ अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश भएको छ । तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार मधेश प्रदेशको जनसंख्या...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्। बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई...