बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३

आपूर्तिमन्त्री हमालले दिए राजीनामा  

सर्वत्र प्रश्न उठेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट गजेन्द्रबहादुर हमालले राजीनामा दिएका छन् । आफ्नोनियुक्तिलाई लिएर सार्वजनिक रूपमा प्रश्न उठेको र त्यसरी प्रश्न उठिरहेको अवस्थामा पदमा बसिरहन उपयुक्त नठानेर राजीनामादिएको हमालले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कोटामा मन्त्री भएको भनेर प्रश्न उठेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिन आग्रहगरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

राजीनामा पत्रमा हमालले उक्त कुराको संकेत गरेका छन् । ‘ हाल विभिन्न सञ्‍चारमाध्यायमहरूमा सम्प्रेसित समाचार तथाकानुनविद्हरूले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेसित गरेको र यस्ता समाचारले आफ्नो वर्षौंसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरूबीच शक्ति पृथकिकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्यन भएको बोधभएको छ,’ उनले राजीनामा पत्रमा लेखेका छन्, ‘मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेकोव्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १६ राउण्ड हवाई फायर

काठमाडौँ । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले...

नेपालमा सोमबार ३१२५ कोरोना संक्रमित थपिए, २३ को मृत्यु

काठमाडौं । नेपालमा सोमबार ३ हजार १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १०...

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। सोमबार एक...