मङ्लबार, साउन २६, २०८३

मङ्लबार, साउन २६, २०८३

चिनिया दबाव संग ताइवान नझुक्ने

ताइवानकी राष्ट्रपति साइ इङ्-वेनले चिनियाँ दबाव अगाडि ताइवान नझुक्ने र आफ्नै प्रजातान्त्रिक जीवन निरन्तर गर्ने बताएकी छन

“हामीले जति उपलब्धि हासिल गर्छौँ त्यति चिनियाँ दबाब बढ्दै जानेछ,” उनले भनिन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘पुनः एकीकरण गर्ने’ भनेको भोलिपल्ट ताइवानको राष्ट्रिय दिवसका दिन उनको भनाइ आएको हो।

ताइवानले आफूलाई सार्वभौम राष्ट्र भन्छ तर चीनले उसबाट छुट्टिएर रहेको एउटा प्रान्त ठान्छ।

बेइजिङले एकीकरण गर्न सम्भावित शक्ति प्रयोग अस्वीकार गरेको छैन।

पछिल्ला दिनहरूमा चीनले ताइवानी आकाशमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा सैन्य जेटहरू उडाउने गरेको छ।

केही विश्लेषकहरूले त्यो ताइवानी राष्ट्रपतिलाई चेतावनीका रूपमा हेर्न सकिने बताउँछन्।

साइले ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा चीनको सैन्य विमान उड्नाले राष्ट्रिय सुरक्षा र हवाई सुरक्षामा असर परेको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पशुपति धर्मशाला समझौता भंग गर्न सिफारिस

काठमाडौँ — नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिलेसिफारिस गरेको छ ।  गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडासम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्ननिर्देशन दिएको हो । समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहरगरेको छ । त्यस्तै बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएकोदेखिदा मिलेमतोको सम्भावना देखिएको पनि समितिको निष्कर्ष छ । समितिले पेस गरेको प्रतिवेदनमा भनिएको छ, 'धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाकोभित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरुपालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ'

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...