बुधबार, असार १०, २०८३

बुधबार, असार १०, २०८३

१० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक


काठमाडौँ — नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचनासार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र २०८० ङ’ नाम दिइएको उक्त ऋणपत्रको बिक्रीका लागि माघ ११ गते बोलकबोल हुनेछ ।ऋणपत्रको परिपक्व अवधि २ वर्ष हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने सूचनामा उल्लेख छ ।

ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्नपाउनेछन् । यो ऋणपत्र धितो राखेर कर्जा लिन वा दिन पाइने सुविधा पनि हुन्छ ।

ऋणपत्र खरिद गर्न चाहनेले अनलाइन विडिङ सिस्टम मार्फत सहभागी हुन सक्नेछन् । यही माघ १२ गते निष्कासन हुने ऋणपत्रको साँवा२०८० माघ १२ गतपाइने छ । अर्धवार्षिक रुपमा ब्याज पाइने छ । उक्त ब्याजमा आयकर नलाग्ने पनि सूचनामा उल्लेख छ ।

खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमश: निष्काशितरकमको ८५ प्रतिशत अर्थात ५ अर्ब ५० करोड र १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलबालाहरुलाई छुट्याइएको रकमका लागि पुरा बोल प्राप्त नभएमा बाँकी हुन आउने प्रतिस्पर्धी बोलबालाहरुलाई बिक्रीगरिने सूचनमा उल्लेख छ । अप्रतिस्पर्धी बोलबालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमाबोलबालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्र बाँडफाँट गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। सोमबार एक...

कोभिड यता ३ लाख पर्यटक नेपाल भित्रिए

कोभिडयता कै सबैभन्दा बढी करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटक हवाइमार्गबाट आएको नेपाल पर्यटन बोर्डको...

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १३९

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल र डिजेल/मटितेलको लिटरमा ३ रुपैयाँ बढेको छ । नयाँ मूल्य अनुसार अब...

चलाउने व्यापार तथा निकासी प्रवद्र्धन समितिकोे सदस्यमा नियुक्त

काठमाडौं । युवा उद्यमी निराजन बहादुर चलाउने व्यापारतथा निकासी प्रवद्र्धन समितिकोे सदस्यमा नियुक्त भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत व्यापार तथा निकासी...