मङ्लबार, अशोज ६, २०८३

मङ्लबार, अशोज ६, २०८३

दक्षिण कोरियाले फेरि नेपाली श्रमिक लैजान रोक्यो

दक्षिण कोरियामा पुनः कोरोना संक्रमण दर तीब्र गतिमा फैलन थालेपछि प्रवासी श्रमिक लैजान रोक लगाएको छ।

कोरिया सरकारले नेपालसहितका देशबाट श्रमिक लैजान रोक लगाएको हो। कोरियाको उक्त निर्णयका कारण ३ दिनपछि दक्षिण कोरिया जान लागेका नेपालीलाई समेत रोकिएको छ। उनीहरुको उडान तालिका तय भएको थियो।

अर्को सूचना जारी नभएसम्मका लागि उनीहरुको उडान स्थगित भएको श्रममन्त्री किसन श्रेष्ठका प्रेस संयोजक तेजप्रसाद वाग्लेले जानकारी दिए।

उडान तालिका स्थगित गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धृत गर्दै सउलस्थित नेपाली दूतावासले जानकारी गराएको हो।

रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान ईपीएस पास गरी लामो पर्खाइपछि १४ फेब्रअरीमा उडान तय भइ रोकिएका श्रमिकहरुलाई छिट्टै पठाउन पहल गर्ने बताएका छन्।

मन्त्री श्रेष्ठले संक्रमण दर कम हुनासाथ रोकिएका श्रमिकहरुलाई तत्काल पठाउने व्यवस्था हुने विश्वास दिलाए।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली श्रमिकहरु लामो समयदेखि रोकिएका थिए। त्यहाँ संक्रमण कम भएको लामो समयपछि उडान सुचारु भएपनि पुनः रोकिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

एलन मस्क भेट्टिए आफ्नो प्रेमिका संग

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क आफ्नी नयाँ प्रेमिकासँग रोमान्स गरिरहेको अवस्थामा क्यामेरामा कैद भएका छन्। उनी फ्रान्सको सेन्ट ट्रोपेजमा अष्ट्रेलियाली अभिनेत्री...

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...

इन्डो-प्यसिफिक क्षेत्र पुनःचर्चामा

युरोपको सुरक्षामा दशकौँयताको सबैभन्दा गम्भीर संकट उत्पन्न भएको तीन महिना हुन थालिसकेको छ। यही बेला विश्वकाशक्तिराष्ट्रहरुको विदेशनीति विविधीकरण गर्ने आकर्षक गन्तव्य भने इन्डो–प्यासिफिक क्षेत्र...