आइतवार, साउन १०, २०८३

आइतवार, साउन १०, २०८३

पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउने ओलीको चेतावनी

काठमाडौं, ७ फागुन । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले गठबन्धनको आयु बढीमा एक वर्ष रहेको समेत बताए । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले चुनाव जित्नका लागि सरकारमा जाने नभई जनताको काम गर्न जान चाहेको बताए ।

रामलाई षड्यन्त्र गरेर १४ वर्ष वनवास पठाएको स्मरण गर्दै उनले भने– ‘नेपालमा यति धेरै मन्थरा र सकुनीहरु छन्, उनीहरुले हामी विरुद्ध षड्यन्त्र गरिरहेका छन्।’ गठबन्धनले जे काम गर्दा पनि झुक्याएर गरेको बताउँदै ओलीले संसदबाट नसकेर सर्वोच्चबाट सरकार बनाएको टिप्पणी गरे । उनले भने, ‘अब सर्वोच्च अदालतले होइन, जन अदालतले फैसला गर्छ त्यसको तयारी गर्नुस् ।’

उनले शिक्षक, कर्मचारीलाई निष्पक्ष भएर काम गर्न आग्रह गर्दै उनले नेकपा एमालेले प्रशासनको बलमा नभई जनताको मतले चुनाव जित्ने दाबी गरे । उनले भने, ‘प्रशासनसँग एउटै आग्रह छ, तपाईहरु निष्पक्ष रहनुस् ।’ उनले भने, ‘जनताले एमालेमाथि विश्वास गरेको छ, हामीले मतदाता किन्दैनौ, अनावश्यक खर्च गर्दैनौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

  साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही जापान आउने

पूर्ण चलाउने टोकियो : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाही जापान आउने भएका छन । कर्णाली प्रदेश समाज जापानले यहि साताको बिहीबार...