बुधबार, साउन २७, २०८३

बुधबार, साउन २७, २०८३

महेश्वर पन्तद्वारा लिखित “बौलाको डायरी” सार्वजनिक

काठमाडौ । कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको संयुक्त आयोजनामा महेश्वर पन्तद्वारा लिखित “बौलाको डायरी” काव्य कृति काठमाडौंमा सार्वजनिक गरियो ।

आख्यान पुरुष साहित्यकार डा. ध्रुबचन्द्र गौतमको प्रमुख आतिथ्यमा लोकार्पित कृतिमाथि समालोचक राजकुमार बानियाँले “काव्यकृति नेपाली जनजीवन तथा मुलुकले भोगेको जनयुद्धका घटना- परिघटना,पात्र, द्वन्दले पारेको असर,समाजिक मनोबिज्ञान लगायत राजनीतिक स्वार्थसिद्धिका नाममा जनताले भोग्नु परेको विद्यमान अबस्थालाई चित्रण गरेर पात्रहरूको सजिवता प्रदर्शन गर्न कृतिकार सफल हुनु भएको छ” भन्दै कृति अौपन्यासिक धरातलको “कोसेढुङ्गा”हुने धारणा राखेका थिए।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निबर्तमान अध्यक्ष राधेश्याम लेकालीले महेश्वर पन्तको लेखनकला विशिष्ट भएको र आञ्चलिक मौलिकता प्रचुर रहेको पुस्तकले द्वन्द्वकालिन समयको प्रतिनिधित्व गर्न सफल रहेको विचार व्यक्त गरे। शुभकामना मन्तव्यकै क्रममा गायक तथा सर्जक नरहरि प्रेमी,लाइब्रेरी फाउन्डेसनका अध्यक्ष चक्र बहादुर थापा,अनेसास न्यूह्यामसाका अध्यक्ष हरिमाया अधिकारी लगायतका स्रष्टाहरूले शुभकामना व्यक्त गरेका थिए।

प्रमुख अतिथि समेत रहेका साहित्यकार ध्रुवचन्द्र गौतमले कृति कारुणिक,समय सापेक्ष,पात्र चयनको चातुर्यता,मौलिक लेखन शिल्पीको रसपान,आञ्चलिक तथा जनबोलीको प्रयोगले लेखकको कलम उर्वर रहेको धारणा राखेका थिए।

बौलाको डायरीका लेखक महेश्वर पन्तले कृति रचनाको रचनागर्व,पात्र चयन,परिवेश तथा घटनाले लेख्न घचघच्याएका प्रसंग उल्लेख गरे। कार्यक्रम कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पार्थीवेश्वर प्रसाद तिमिल्सिनाको सभापतित्वमा सम्मन्न भएको थियोे । डा. तिमिल्सिनाले प्रस्तुत पुस्तक खोज तथा अनुसन्धानका बिद्यार्थी तथा आम पाठकका लागि कृति पठनीय रहेको धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पशुपति धर्मशाला समझौता भंग गर्न सिफारिस

काठमाडौँ — नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिलेसिफारिस गरेको छ ।  गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडासम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्ननिर्देशन दिएको हो । समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहरगरेको छ । त्यस्तै बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएकोदेखिदा मिलेमतोको सम्भावना देखिएको पनि समितिको निष्कर्ष छ । समितिले पेस गरेको प्रतिवेदनमा भनिएको छ, 'धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाकोभित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरुपालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ'

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...