शनिबार, कार्तिक २२, २०८३

शनिबार, कार्तिक २२, २०८३

नेपाली बजारमा आयो जिमी ग्रुपको नया वाइन

काठमाडौं । जीवन चलाउने प्रवन्धक रहेको जिमी ग्रुप प्रालिले नयाँब्राण्डको वाइन नेपाली बजारमा ल्याएको छ । 

इटालियन स्वादको नयाँ वाईन ‘जिमी गोसे’ सोमबारदेखि बजारमा आएको कम्पनीका प्रबन्धक जीवन चलाउनेले जानकारी दिए।

कम्पनीले अंगुरबाट बनेको उच्च गुणस्तर स्वाद र सुगन्धसहितको ‘रेड’ र ‘ह्वाइट’ दुवै थरीको ‘जिमी गोसे’ वाइन नेपाली बजारमाभित्र्याएको हो । ७५० एमएलको आकर्षक बोतलमा रहेको उक्त वाइनमा १३ प्रतिशत अल्कोहल रहेको पनि कम्पनीले जनाएको छ ।अन्तर्राष्ट्रिय गुणस्तरसहितको स्वाद रहेको उक्त वाइन उच्चतम प्रविधिको प्रयोग गरी उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

जिमी ग्रुप कम्पनीद्वारा भित्र्याइएको यस वाइनको बजार व्यवस्थापन भने मस्टा ग्रुपले गरेको छ । जिमी ग्रुप कम्पनीका प्रबन्धक चलाउने सामाजिक कार्यमा पनि सक्रिय छन ।चलाउनेले दुःखमा परेका परिवारलाई सहयोग गर्नुका साथै विभिन्न मेला महोत्सवहरुमा पनि प्रायोजक, सह–प्रायोजकको भूमिका खेलेर सहयोग गर्दै आइरहेका छन।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एप्पल विश्वको सबैभन्दा मूल्यवान ब्राण्ड

एप्पल सन् २०२२ मा विश्वको सबैभन्दा बढी मूल्यवान ब्राण्ड हुन सफल भएको छ । ब्राण्ड डाइरेक्टरीको रिपोर्ट अनुसार विश्वभरका ५०० कम्पनी मध्ये सन् २०२२...

कतारस्थित नेपाल बिजनेस एसोसिएसनले नेपालमा लगानी गर्न चाइनिज बिजनेस काउन्सिल र बैंक अफ चाइनालाईआग्रह

काठमाडौँ — कतारस्थित नेपाल बिजनेस एसोसिएसनले नेपालमा लगानी गर्न चाइनिज बिजनेस काउन्सिल र बैंक अफ चाइनालाईआग्रह गरेको छ । एसोसिएसनका अध्यक्ष महेन्द्र चौलागाईंको टोलीले...

सुनको भाउमा बृद्धि

काठमाडौं । कात्तिक महिनाको पहिलो दिन अर्थात् मंगलबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको...

विदेशबाट ल्याइएका आईफोनमा कर लाग्ने

काठमाडौँ — विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा  १० हजार रुपैयाँ कर लाग्ने भएको छ । अन्यस्मार्टफोनमा तीन हजार र स्मार्टफोन...