बुधबार, असार १०, २०८३

बुधबार, असार १०, २०८३

चिया पसलदेखि करोडौंको मालिक बनेका कार्कीको संघर्षको कथा

काठमाडौं । संघर्ष नै जीवन हो भन्ने कुराको प्रमाण खोज्न कहिलेकाही हामी टाढा पुग्नै पर्दैन । जस्तोसुकै परिस्थितीमा पनि विचलित नभई मिहेनत गर्न छाडेन भने सफलता पाइन्छ भन्ने उदाहरण हाम्रो समाजमा प्रशस्तै छन् । यस्तै उदाहरण मध्येका एक हुन् भगवान कार्की ।

चितवनमा जन्मिएर काठमाडौंमा हुर्किएका कार्की नुवाकोटसँग पनि एकदमै नजिक छन् । किनकी उनको मामाघर नुवाकोटको शिवपुरी हो । अहिले उनलाई चिन्नेहरुले समाजसेवी, पर्यटन व्यवसायी, सामाजिक अभियन्ता, अझ केहिले राजनीतिमा चासो राख्ने व्यक्ति भनेर पनि चिन्छन् । जस्ले जुन् रुपमा चिने पनि वास्तवमा भगवान जस्तै छन् भगवान कार्की । नरिसाउने, सधैं हाँसिरहने, सहयोगी, मनकारी र नआत्तिने उनको स्वाभाव हो ।

संघर्षको यात्रा चिया पसलदेखि करोडौंको मालिकसम्म

वर्तमान अवस्थामा उनलाई चिनेकाले सुन्दा कसैलाई विश्वास लाग्दैन होला कार्की २०४३ सालमा चिया पसलमा भाडा माभ्mथे । उनको संघर्ष बाँसबारीमा रहेको सानो चिया पसलबाट सुरु हुन्छ । उनले चिया पसलमा बुबा चुँडा बहादुर कार्की र आमा इश्वरी कार्कीलाई सहयोग गर्थे । मलाई अहिले पनि याद छ, हाम्रो पहिलो दिनको कमाई ९० रुपैयाँ थियो कार्की भन्छन् ।

कार्कीले जमलमा ग्लोबल सेन्टर नामको टे«निङ सेन्टर ५ वर्ष भन्दा बढी सञ्चालन गरे । त्यसबाट हजारौंले रोजगारमूलक सिप सिके । त्यहाँ कम्प्युटर, पत्रकारीता र ट्युसन पढाई हुन्थ्यो । ग्लोबल सेन्टरबाट पत्रकारीता र उद्घोषण सिकेकाहरु अहिले राष्ट्रियस्तरका सञ्चारमाध्यममा कार्यरत छन् । कतिले त मिडिया नै सञ्चालन गरिरहेका छन् ।

२०३५ साल माघ ७ गते जन्मिएका कार्कीको अहिले विभिन्न नुवाकोट, गोर्खा, कास्की, काठमाडौं लगायतका स्थानमा व्यापार व्यवसाय छ । उनले हाल काठमाडौंको धापासी, नुवाकोटको शिवपुरी गाउँपालिका ३ लिखु, गोर्खाको स्वाँरागाउँमा होम स्टे सञ्चालन गरिरहेका छन् । विभिन्न स्थानमा घर जग्गा छ । अझ भनौं उनी अहिले करोडौंको मालिक बनिसकेका छन् ।

पर्यटन व्यवसायबाट जीन्दगी परिवर्तन

मास कम्युनिकेसन एण्ड जर्नालिज्ममा मास्टर्स गरेका, म्यानेजमेन्टमा स्नातकसम्म अध्ययन गरेका र आम सञ्चारमा रुची भएका कार्कीले आर्थिक उन्नतीको आधार भने पर्यटन व्यवसाय भएको बुझे । जर्मन र अंग्रेजी भाषामा दख्खल राख्ने उनले युरोपियन मुलुकका पर्यटकलाई घुमाउने गाइडको रुपमा पर्यटन यात्रा सुरु गरे । त्यसक्रममा उनले ३ हजार भन्दा बढी पर्यटकलाई देशका विभिन्न स्थानमा घुमाए । अहिले उनले कर्मालय कल्चरमार्पmत् पर्यटकहरुलाई विभिन्न स्थानमा भ्रमण गराउने काम गरिरहेका छन् ।

पर्यटन क्षेत्रमा लागेको १० वर्षमा उनले राम्रो आर्थिक प्रगती गरे । यस अवधिमा उनले नुवाकोट, काठमाडौं, गोर्खामा होमस्टे खोले । पोखरा, धाम्पुसमा पनि रिसोर्ट सञ्चालन गरे । उनी भन्छन् –‘देश विकासको आधार पर्यटन हो । मेरो उदेश्य भनेकै अन्य स्थानमा पनि होमस्टे सञ्चालन गर्ने र अरु होमस्टेसँग पनि समन्वय गरेर सस्टेनेबल टुरिजम प्रवद्र्धन गर्ने हो ।’ पर्यटन क्षेत्रकै कमाईले सम्पती जोडेका भगवानलाई यो सम्पन्न अवस्थामा ल्याउन उनको आमा इश्वरी कार्की र दाई पर्यटन व्यवसायी तथा समाजसेवी सुदामा कार्कीको ठूलो सहयोग छ । जर्मन, अष्ट्रिया, इटाली, स्वीटजरल्याण्ड लगायत अन्य युरोपियन मुलुक र चीन तथा भारतको समेत विभिन्न स्थानमा कार्कीले भ्रमण गरिसकेका छन् ।

व्यवसायसँगै समाजसेवाको मनकारी पाइलाहरु

‘विभिन्न कामबाट जति कमाउँछु, त्यसको केहि हिस्सा म समाजसेवामा खर्च गर्छु । अन्य समाजसेवीहरु खोज्छु, मिलेर कमजोर वर्गलाई सहयोग गर्छु, मलाई सबैभन्दा धेरै आनन्द यसैमा आउँछ’ सामाजिक कामको कुरा कोट्याउनसाथ कार्कीले भने । करिब ११ वर्ष अघिबाट समाजसेवामा पनि सक्रिय कार्कीको कर्मालय फाउण्डेसन छ । यो संस्थामार्फत् उनी विभिन्न स्थानमा समाजसेवाका कामहरु गर्छन् ।

उनले गोर्खाको स्वारागाउँमा २५० जना पढ्ने विद्यालयको भवन निर्माण गरिदिएका छन् । त्यहाँ २० जना दृष्टिबिहिनलाई छात्रवृतिसहित पढ्ने अवसर दिएका छन् । गोर्खाकै आरुघाट आर्वाङमा ४० जनाको शिशु स्याहार केन्द्र सञ्चालन गरेका छन् । चितवनको सौराहामा १० जना अनाथ बालबालिकालाई छात्रवृत्ति प्रदान गरिरहेका छन् । देशका अन्य विभिन्न स्थानमा २० जना अनाथ बालबालिकाको भविष्य उज्वल बनाउन पढुञ्जेलको छात्रवृत्ति प्रदान गरिरहेका छन् ।

लायन्स क्लब अफ काठमाडौं कर्मालयका प्रेसिडेन्ट रहेका कार्कीले भुकम्प, कोभिड महामारीका समयमा विभिन्न स्थानमा स्वास्थ्य शिविर, राहत वितरण जस्ता सामाजिक कार्यहरु गरेका छन् । महिलाहरुलाई आत्मनिर्भर बनाउन उनले कर्मालय ह्यान्डित्र्mयाप्mट सञ्चालन गरेका छन् । कर्मालय ह्यान्डित्र्mयाफ्टमा अरुले काम नलाग्ने भनेका चामलका बोराहरु संकलन गरेर दैनिक जीवनमा प्रयोग हुने चीजहरु बनाई विक्री हुन्छ । यहाँबाट २० जना भन्दा महिलाले रोजगारी पाएका छन् ।

समाजसेवासँगै राजनीतिमा सक्रिय हुने लक्ष्य

आर्थिक रुपमा सम्पन्न भएसँगै समाजसेवामा सक्रिय रहेका कार्कीको अवको लक्ष्य भनेको राजनीति हो । ‘मलाई फोहोरी राजनीति मन पर्दैन । तर हामीजस्ता पढेलेखेका र बुझेका व्यक्तिहरु राजनीतिमा आएर समाज परिवर्तनमा लाग्नुपर्छ’ कार्की भन्छन् । ‘राजनीति भनेकै समाजसेवा हो भन्ने उनको भनाई छ । पैसा कमाउनका लागि व्यापार व्यवसाय गर्नुपर्छ । राजनीति व्यवसाय होइन, विशुद्ध समाजसेवा हो’ उनी भन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १६ राउण्ड हवाई फायर

काठमाडौँ । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले...

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। सोमबार एक...

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति...