शनिबार, कार्तिक ८, २०८३

शनिबार, कार्तिक ८, २०८३

दिल्लीलाई १५ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा

आईपीएल २०२२ मा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ । योसँगै राजस्थानको टोली अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।​

रोभम्यान पावेलले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै खेलको अवस्था परिवर्तन गर्ने प्रयास गरे पनि दिल्लीलाई हारबाट जोगाउन सकेनन् । पावेलले १५ बलमा ३६ रन बनाए ।

पहिले ब्याटिङ गरेको राजस्थानले जोस बटलरको उत्कृष्ट शतक र देवदत्त पदकलको अर्धशतकको मद्दतले दिल्लीलाई २२३ रनको लक्ष्य दिएको थियो। जवाफमा दिल्लीको टोलीले २० ओभरमा आठ विकेट गुमाएर २०७ रन बनाउन सक्यो र खेल १५ रनले पराजित भयो। दिल्लीका लागि कप्तान ऋषभ पन्तले ४४ रन बनाए ।

पृथ्वी शा र ललित यादवले ३७ रनको योगदान दिए । डेभिड वार्नरले २८ रन बनाए । राजस्थानका लागि प्रसिद्ध कृष्णले ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

आर्सनलद्वारा म्यान्चेष्टर युनाईटेड पराजित

एजेन्सी । इङ्लिश प्रिमियर लिगमा आर्सनलले म्यान्चेष्टर युनाईटेडमाथि शानदार जित निकालेको छ । बेलायतको एमिरेट्स स्टेडियममा शनिबार बेलुकी भएको खेलमा घरेलु टोलीले म्यान्चेष्टर युनाईटेडलाई ३–१...

मोरक्कोलाई साकिराको बधाई

दोहा/विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्कोलाई विश्वभरका सेलेब्रेटीले बधाई दिइरहेका छन्। शनिबार राति भएकोक्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ। जारी...

क्यानले घोषणा गर्‍यो नेपाल टी-२० लिग

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० लिगको घोषणा गरेको छ। नेपालको आधिकारीक क्रिकेट लिग भनिएको लिगलाई राष्ट्रिय खेलकुद परिषद्‌ले मान्यता दिएको छ। क्यानका अनुसार...

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन्

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन् बैशाख २७ , काठमाडौँ । नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुद प्रतियोगिताकी स्वर्ण पदक विजेता भारोत्तोलन...