बिहिबार, बैशाख १७, २०८३

बिहिबार, बैशाख १७, २०८३

दिल्लीलाई १५ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा

आईपीएल २०२२ मा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ । योसँगै राजस्थानको टोली अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।​

रोभम्यान पावेलले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै खेलको अवस्था परिवर्तन गर्ने प्रयास गरे पनि दिल्लीलाई हारबाट जोगाउन सकेनन् । पावेलले १५ बलमा ३६ रन बनाए ।

पहिले ब्याटिङ गरेको राजस्थानले जोस बटलरको उत्कृष्ट शतक र देवदत्त पदकलको अर्धशतकको मद्दतले दिल्लीलाई २२३ रनको लक्ष्य दिएको थियो। जवाफमा दिल्लीको टोलीले २० ओभरमा आठ विकेट गुमाएर २०७ रन बनाउन सक्यो र खेल १५ रनले पराजित भयो। दिल्लीका लागि कप्तान ऋषभ पन्तले ४४ रन बनाए ।

पृथ्वी शा र ललित यादवले ३७ रनको योगदान दिए । डेभिड वार्नरले २८ रन बनाए । राजस्थानका लागि प्रसिद्ध कृष्णले ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

विश्वकप नजिक क्यानडा

ह्यामिल्टन — ३६ वर्षपछि विश्वकप खेल्ने अभियानमा एक कदम अगाडि बढ्दा क्यानडाले मध्य र उत्तर अमेरिका तथा क्यारेबियनक्षेत्रको छनोटमा अमेरिकालाई २–० गोलले हराएको छ...

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन्

सागकी स्वर्ण विजेता सन्जु मृत भेटिइन् बैशाख २७ , काठमाडौँ । नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुद प्रतियोगिताकी स्वर्ण पदक विजेता भारोत्तोलन...

ओकम्पिकका लागि सजिदै बेइजिङ

बेइजिङ हिउँदे ओलम्पिकको स्वागतका लागि चिनियाँ सडकहरू परम्परागत सांस्कृतिक बान्कीले झकिझकाउ भएका छन् । चिनियाँवसन्त चाड अथवा नयाँ वर्षको स्वागतमा यसै पनि राता राता...

नेपालद्वारा जिम्बाब्वे ‘ए’ ९ विकेटले पराजित

काठमाडौँ । जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले शानदार जित निकालेको छ । काठमाडौँको किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको...