आइतवार, साउन १०, २०८३

आइतवार, साउन १०, २०८३

अमेरिकी संसदीय टोली काठमाडौंमा

काठमाडौं । चार जना अमेरिकी सिनेटर र एक जना सांसदको टोली काठमाडौं आइपुगेको छ। शुक्रबार साँझ सिनेटर किर्स्टन जिलिब्रान्ड (न्युयोर्क) को नेतृत्वमा रहेको टोलीमा काठमाडौं आइपुगेको हो। टोलीमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स (१७औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) छन्।

औपचारिक भ्रमणमा आएको अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटघाट गरेर विभिन्न विषयमा छलफल गर्नेछ। उनीहरूको समूह हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभावमाथि समेत केन्द्रित छ। यस गम्भीर सङ्कटका बारेमा थप बुझ्नका लागि उनीहरूले शनिबार दिउँसो एक पदयात्रामा भाग लिने योजना बनाएको दूतावासले जनाएको छ।

‘उहाँहरू पोल्यान्ड र भारत लगायतका देशहरूको लामो भ्रमणको सिलसिलामा नेपाल आउन लाग्नुभएको हो। रूसको नाजायज र अन्यायपूर्ण युद्धका विरूद्ध अमेरिकाले युक्रेन र नेटो गठबन्धनप्रतिको आफ्नो सहयोगलाई कसरी जारी राख्न सक्छ भन्नेबारे बुझ्नका लागि संसदीय टोलीले पोल्यान्डको यात्रा गरेको थियो,’ दूतावासले भनेको छ।

अमेरिकी सिनेटरको टोली आइतबार फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

देउडाका साथमा अछामी वनभोज तथा भेट्घाट कार्यक्रम हुदै

  साउन ५ टोकियो – जापानलाई कर्मथलो बनाएका अछामीहरूबीच आपसी भाइचारा, एकता र सहयोगको भावनालाई प्रगाढ बनाउने उद्देश्यले आगामी अगस्टमा एक विशेष सांगीतिक वनभोज कार्यक्रम...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही जापान आउने

पूर्ण चलाउने टोकियो : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाही जापान आउने भएका छन । कर्णाली प्रदेश समाज जापानले यहि साताको बिहीबार...