शनिबार, जेष्ठ १६, २०८३

शनिबार, जेष्ठ १६, २०८३

कान्तिपुर टेलिभिजन र पत्रकार महासंघबीच तीन बुँदे सहमति

काठमाडौं । कान्तिपुर टेलिभिजन लिमिटेड र पत्रकार महासंघबीच तीन बुँदे सहमति भएको छ।

शुक्रबार कान्तिपुर टेलिभिजनको व्यवस्थापनको तर्फबाट मानव संशाधन विभाग प्रमुख परमान्द खनाल र नेपाल पत्रकार महासंघतर्फबाट महासचिव रोसन पुरीबीच तीन बुँदे सहमति भएको हो।

कान्तिपुर टेलिभिजन लिमिटेडमा कार्यरत श्रमजीवी पत्रकारको समस्या र संस्थामा कार्यरत पत्रकार दिपा दाहालको पुनर्स्थापनाको माग राख्दै महासंघले आन्दोलन गर्दै आएको थियो।

सहमतिमा कान्तिपुरले संस्थामा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिक आउँदो मसान्तसम्म दिन तत्पर रहेको, संस्थामा कार्यरत पत्रकारको सूचना तथा प्रसारण विभागबाट जारी हुने पत्रकार परिचयपत्र दिने वातावरण तयार गर्ने जनाएको छ।

यसैगरी पत्रकार दिपा दहालले पाउनुपर्ने सेवा सुविधा पनि एक साताभित्र दिने उल्लेख गरेको छ।

छलफलमा कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिलभूषण पाठक, नेपाल पत्रकार महासंघका सचिव सिर्जना अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारी र कान्तिपुर टेलिभिजनका पत्रकार दिपा दाहाल उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

हेटौंडाको मेयरमा सत्ता गठबन्धनबाट मिनाकुमारी लामा

हेटौंडा । सत्ता गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार मिनाकुमारी लामा हुने भएकी छन् । मेयर पद पाएको नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई...

दक्षिण कोरियाले फेरि नेपाली श्रमिक लैजान रोक्यो

दक्षिण कोरियामा पुनः कोरोना संक्रमण दर तीब्र गतिमा फैलन थालेपछि प्रवासी श्रमिक लैजान रोक लगाएको छ। कोरिया सरकारले नेपालसहितका देशबाट श्रमिक लैजान रोक लगाएको हो।...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...