बुधबार, असार १०, २०८३

बुधबार, असार १०, २०८३

दाङका वडाध्यक्षका उम्मेदवारको काठमाडौंमा निधन भएपछि निर्वाचन कार्यक्रम स्थगित

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका लवरु चौधरीको मृत्यु भएको छ।

कलेजो र मिर्गौला रोगबाट पीडित चौधरीको ५३ वर्षको उमेरमा गएराति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई केही दिनअघि मात्रै काठमाडौं लगिएको थियो। उनको शव दाङ लगेर अन्तिम संस्कार गर्ने तयारी आफन्तले गरेका छन्।

वडाध्यक्षका उम्मेदवारको निधन भएकाले तुलसीपुर उपमहानगरपालिका १७ मा निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित भएका छन्।

कुनै पनि राजनीतिक दलबाट उम्मदेवार बनेकाहरुको निधन भए सम्बन्धित ठाउँमा निर्वाचन कार्यक्रम स्थगित हुने कानुनी प्रावधान छ। तर, स्वतन्त्र उम्मेदवारको हकमा भने यो प्रावधान छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा १६ राउण्ड हवाई फायर

काठमाडौँ । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले...

जापानमा उतर कोरियाको ब्यालेष्टिक मिसाइल प्रक्षेपण

जापान। उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ। त्यसका कारण जापान सरकारले होक्काइडो टापुका मानिसहरूलाई उडानको समयमा...

अफगानिस्तानमा बम विस्फाेट हुँदा बालबालिकासहित ३३ जनाको ज्यान गयाे

एजेन्सी । अफगानिस्तानमा भएको बम विस्फाेटमा बालबालिकासहित ३३ जनाको ज्यान गएको छ । कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको शक्तिशाली विस्फाेटमा परेर ३३...