आइतवार, साउन २४, २०८३

आइतवार, साउन २४, २०८३

सेनाले बनायो निर्वाचन सुरक्षाका लागि ८३४ ‘अप्रेसन बेस’, संसद भवनको सुरक्षामा पनि सेना

काठमाडौँ । निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले देशका ८३४ वटा अप्रेसन बेस स्थापना गरेको छ। गण र गुल्मबाट ‘कभर’ गर्न नसकिने स्थानमा सेनाले अस्थायी बेस स्थापना गरेको हो। सुरक्षाको संवेदनशीलता र आवश्यकतालाई मध्यनजर गर्दै थप अप्रेसन बेस पनि स्थापना गरिने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए।

सरकारले मतदानको दिन हरेक मतदानस्थलमा ३० मिनेटभित्र पुग्ने गरी तैनाथ रहन निर्देशन दिएपछि सेनाले त्यही अनुसारको तयारी गरेको हो।

सकेसम्म हेलिकोप्टरको प्रयोग घटाउन अप्रेसन बेस बढाइएको सिलवालले बताए। यी बेसबाट पनि मतदानस्थल तत्काल पुग्न नसकिने स्थानका लागि सेनाले चार ठाउँमा हेलिकोप्टरसहितको टोली तैनाथ गरेको छ।

यस्तै सेनाले ५१ वटा कारागारको सुरक्षा जिम्मा पनि लिएको छ। त्यहाँ रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचन सुरक्षामा खटाइने भएपछि सेनाले ती कारागारको सुरक्षा जिम्मा लिएको हो।

देशका विभिन्न विमानस्थलको सुरक्षा जिम्मा पनि सेनाले लिइसकेको छ। विमानस्थलमा यात्रु चेकजाँच लगायतका अत्यावश्यक संख्यामा मात्रै प्रहरी राखेर बाँकी सुरक्षामा सेना खटिएको हो।

कारगारमा पनि कैदीबन्दी ल्याउने लैजाने काममा मात्रै प्रहरी राखेर बाँकी सेना खटाइएको छ। यस्तै रेडियो नेपाल प्रसारण केन्द्र, संसद भवन सहित १७ वटा महत्वपूर्ण स्थानको सुरक्षामा पनि सेना खटिएको छ।

निर्वाचनमा ७१ हजार नेपाली सेना खटिने भएको छ। नेपाल प्रहरी ६१ हजार ८३१ जना, एक लाख म्यादी, सशस्त्र प्रहरी २३ हजार ५३२ जना, ३ हजार गुप्तचर पनि खटिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालनका लागि जेठ ३० गते आदेश जारी गरेकी थिइन्। त्यसको भोलिपल्ट वैशाख १ गतेबाट सेना परिचालन गरिएको प्रवक्ता सिलवालले बताए।

‘हामीले सुरुमा सूचना संकलन र एरिया ‘डोमिनेसन’, मतदानस्थलको रेकी र अन्य बन्दोबस्तीको काम गरिरहेका थियौं, विस्तारै अरु जिम्मेवारी बढाउँदै गयौं’, प्रवक्ता सिलवालले भने।

मतपत्र छपाइको सुरक्षादेखि ढुवानीसम्मको सुरक्षा जिम्मा पनि सरकारले सेनालाई दिएको थियो। कतिपय स्थानमा नेपाली सेनाको हेलिकोप्टरमै निर्वाचन सामाग्री ढुवानी गरिएको थियो। सेनाले सबै जिल्लामा सामाग्री पुर्‍याइसकेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट पालिकामा मत पत्र लैजाने सुरक्षामा पनि सेना खटिने छ। २७ गते बेलुकासम्ममा सबै मतदानस्थलमा निर्वाचन सामाग्री पुर्‍याइसक्ने आयोगले जनाएको छ।

हालै स्थापना गरिएको बेसमा जिल्ला बाहिरबाट टोली पठाइएको हो। ती हरेक बेसमा बम डिस्पोजल टोली पनि रहनेछन्। खबर आएको ३० मिनेटभित्रमा हरेक मतदानस्थलमा पुग्ने गरी बम डिस्पोजल युनिट पनि तैनाथ रहने सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पशुपति धर्मशाला समझौता भंग गर्न सिफारिस

काठमाडौँ — नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिलेसिफारिस गरेको छ ।  गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडासम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्ननिर्देशन दिएको हो । समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहरगरेको छ । त्यस्तै बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएकोदेखिदा मिलेमतोको सम्भावना देखिएको पनि समितिको निष्कर्ष छ । समितिले पेस गरेको प्रतिवेदनमा भनिएको छ, 'धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाकोभित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरुपालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ'

टोकियोमा एफएनजे ग्लोबल सम्मेलनको तयारी पूरा

टोकियो -जापानको राजधानी टोकियोमा यही जुलाई २५ तारिख शनिवार 'एफएनजे ग्लोबल सम्मेलन २०२६'हुनेभएको छ । पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन लागेको यस सम्मेलनमा नेपाल...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...