सोमवार, साउन २५, २०८३

सोमवार, साउन २५, २०८३

प्रधानमन्त्री दाहाल लामिछाने नेतृत्वको रास्वपा सरकारमा ल्याउन आतुर

 गठबन्धनलाई पाँच वर्ष टिकाउन र सरकारका काम कारबाहीलाई द्रूत गतिमा अगाडि बढाउन लामिछानेको पार्टीलाई सरकारमा सहभागी गराउन प्रचण्ड तयार भएका छन ।

माओवादी स्रोतका अनुसार आइतबार लामिछानेसँग प्रधानमन्त्रीले यही विषयमा छलफल गरेका थिए। लामिछानेले साविककै मन्त्रालयमा दाबी गरेपछि प्रधानमन्त्री प्रचण्ड गृह मन्त्रालयसमेत दिन सकिनेसमेतका आवश्वासन दिएको स्रोतको भनाइ छ। तर लामिछानेलाई गृहमा ल्याउँदा माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठलाई के गर्ने भन्ने विषयमा प्रचण्ड चिन्तित छन्।

‘रवि लामिछानेलाई गृहमा ल्याउन प्रधानमन्त्रीज्यु तयार त हुनुहुन्छ। तर हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कहाँ कसरी व्यवस्थापन गर्ने विषयमा उहाँ अन्योलमा हुनुहुन्छ,’ माओवादी स्रोतले बतायो।

रास्वपा पनि साविकको मन्त्रालय पाए सरकारमा जाने संकेत गरेको छ। सोमबार बसेको केन्द्रीय कमिटी बैठकले सरकारमा जाने/नजाने विषयमा शुक्रबार टुंगो लगाउने निर्णय गरेको छ।

रास्वपका प्रवक्ता डा. मुकुल ढकालले प्रधानमन्त्री प्रचण्डले रास्वपालाई साविकका मन्त्रालय दिन तयार रहेको र सरकारको नीति तथा कार्यक्रम परिमार्जनमा सकारात्मक रहेको बताए। उनले भने, ‘प्रधानमन्त्रीज्यूले पार्टी सभापति रवि लामीछानेलाई पुरानो मन्त्रालय दिन र नीति तथा कार्यक्रम परिमार्जन गर्न सहमत छु भन्ने कुरा गरिसकेको हुनाले अहिले पार्टीले सरकारमा जाने या नजाने निर्णय गर्नमात्रै बाँकी हो। शुक्रबारसम्म सरकारमा सहभागीबारे ठोस निर्णय लिन्छौं।’

प्रधानमन्त्री प्रचण्डले पार्टी सभापति लामिछानेसँगको भेटमा साविकको मन्त्रालय र सरकारको न्यूनतम साझा कार्यक्रम संशोधन गर्न तयार भएको बताएको ढकालले पत्रकारहरुलाई बताए। ढकालले भने, ‘रास्वपाले कसैसँग गठबन्धन गर्दैन। मुद्दाको आधारमा सत्ता सहयात्रा गर्न सकिन्छ।’ अर्थतन्त्र कमजोर भएको बेला स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउनेबारे पनि आजको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए।

प्रधानमन्त्री प्रचण्डले चितवनमा आयोजित एक कार्यक्रममा सरकारको नीति तथा कार्यक्रममा रास्वपाले भनेको बुँदा जायज भए सामेल गर्न सरकार र गठबन्धनलाई कुनै अप्ठ्यारो नहुने बताए। प्रचण्डले सरकारले भष्ट्राचारको फाइल खोल्न आफू तयार रहेको बताए। रास्वपाले भष्ट्राचारको फाइल खोल्नुपर्ने एजेण्डालाई प्राथमिकताका साथ अघि सारेको छ।

यसअघि रास्वपाले उपप्रधानमन्त्री तथा गृह मन्त्रालय, शिक्षा मन्त्रालय, श्रम मन्त्रालय पाएको थियो। त्यस्तै स्वास्थ्य राज्यमन्त्री पाएको थियो। हालः गृहमन्त्रीमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, शिक्षा मन्त्री जनता समाजवादी पार्टीका अशोक राई, श्रममन्त्री लोकतान्त्रिक समाजवादी पार्टीका शरतसिंह भण्डारी छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पशुपति धर्मशाला समझौता भंग गर्न सिफारिस

काठमाडौँ — नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिलेसिफारिस गरेको छ ।  गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडासम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्ननिर्देशन दिएको हो । समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहरगरेको छ । त्यस्तै बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएकोदेखिदा मिलेमतोको सम्भावना देखिएको पनि समितिको निष्कर्ष छ । समितिले पेस गरेको प्रतिवेदनमा भनिएको छ, 'धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाकोभित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरुपालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ'

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...