सोमवार, साउन २५, २०८३

सोमवार, साउन २५, २०८३

अमेरिकाको भिषा भएकाले क्यानाडामा काम गर्न पाउने

अन्टारियो। क्यानाडा सरकारले अमेरिकी ‘एच–१बी’ भिसा भएकाहरुलाई क्यानाडा आएर काम गर्न सहज हुने गरी ‘ओमन वर्क–पर्मिट’ कार्यक्रम ल्याउने भएको छ।

उक्त कार्यक्रमबाट १० हजार अमेरिकी ‘एच–१बी’ भिसा भएकाहरुलाई क्यानाडा आएर काम गर्न अनुमति मिल्ने जनाइएको छ।

क्यानाडाका अध्यागमन मन्त्री सन फ्रेजरले मंगलबार यो कार्यक्रमबारे घोषणा गरेका हुन्।

‘रिफ्युजी एण्ड सिटिजनसिप’ मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रमअन्तर्गत ‘एच–१’ भिसा प्राप्त गरेकाहरुको परिवारका सदस्यलाई पनि अध्ययन वा काम गर्ने अनुमति प्रदान गरिने जनाएको छ।

२०२३ जुलाइ १६ सम्म अमेरिकाको ‘एच–१बी’ भिसा भएका र तिनका परिवारका सदस्यले क्यानाडा आउनका लागि आवेदन दिन सक्ने जनाइएको छ।

आवेदन स्वीकृत भएकाहरुलाई तीन वर्ष अवधिको ‘ओपन वर्क पर्मिट’ दिइने छ।

उनीहरुले क्यानाडाको कुनै पनि स्थानमा काम गर्न सक्ने उल्लेख गरिएको छ।

त्यसरी आउनेहरुको पति वा पत्नी र परिवारका आश्रित सदस्य आवश्यकताअनुसार अध्ययन अनुमतिका साथै अस्थायी बसोबासका लागि आवेदन दिन योग्य हुने जनाइएको छ।

यसैगरी, मन्त्री फ्रेजरले यो वर्षको अन्त्यसम्ममा सरकारले विश्वभरका सीपयुक्त प्रतिभाशाली व्यक्तिहरुलाई क्यानाडा आउन सहज हुने गरी अर्को एउटा कार्यक्रम तय गर्ने जनाएका छन्।प्रविधि क्षेत्रका कम्पनीमा काम गर्ने गरी उनीहरु आउन सक्ने जनाइएको छ।

यसअन्तर्गत को योग्य हुने वा कति संख्यामा आउन सक्ने भन्नेचाहिँ तत्काल खुलाइएको छैन।

एच–१बी’ भिसामार्फत् विदेशी नागरिकहरुलाई औद्योगिक क्षेत्रसहित केही विशेष व्यवसायहरुमा अस्थायी रुपमा अमेरिकामा काम गर्ने अनुमति दिइन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पशुपति धर्मशाला समझौता भंग गर्न सिफारिस

काठमाडौँ — नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भंग गर्न छानबिन समितिलेसिफारिस गरेको छ ।  गत पुस २३ गते पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित धर्मशाला भाडासम्झौतासम्बन्धी छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्ननिर्देशन दिएको हो । समितिले धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको देखिएको पनि ठहरगरेको छ । त्यस्तै बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र अनुकूल हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएकोदेखिदा मिलेमतोको सम्भावना देखिएको पनि समितिको निष्कर्ष छ । समितिले पेस गरेको प्रतिवेदनमा भनिएको छ, 'धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाकोभित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी शर्तहरुपालना नगरेकोले कानुन बमोजिम सम्झौता भङ्ग गर्नु पर्छ'

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...