आइतवार, कार्तिक २३, २०८३

आइतवार, कार्तिक २३, २०८३

पत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि बिज्ञ समूहको सुझाव

काठमाडौँ — पत्रकार आचारसंहिता अनुगमन तथा सुधारका लागि प्रेस काउन्सिल नेपालले गठन गरेको विज्ञ समूहले सुझावसहितकोप्रतिवेदन बुझाएको छ ।

असार १९ गते गठित कार्यदलले १० दिनपछि आइतबार काउन्सिललाई सुझावसहितको प्रतिवेदन बुझाएको हो ।

समूहका सदस्य एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष महेन्द्र विष्टले नेपाली पत्रकारिताका नयाँ आयाम, सामाजिक सञ्जाल, पूराना र नयाँ सञ्चार माध्यमको नियमन लगायतका विषयमा विस्तृत सुझाव दिइएको बताए ।

उनले सूचीकृत भएर तथा नभइ सञ्चालनमा रहेका अनलाइनका विषयमा काउन्सिलले गरिरहेको अभ्यास, पत्रकार आचारसंहिता, हालभइरहेको नियमनको कार्यलगायतमा कानुनी र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा सुझाव दिइएको बताए ।

यस्तै नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले प्रतिवेदनको सुझावका आधारमा काउन्सिलले तत्काल सुधारसहितकोकार्य थाल्ने विश्वास व्यक्त गरेका छन् । यस्तै पत्रकार बबिता बस्नेतले चुनौतीका रूपमा रहेको अनलाइन र युट्युबका नयाँ विषय पनिप्रतिवेदनमा समेटिएको बताइन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले विज्ञको सुझाव काउन्सिल र नेपाल पत्रकार महासङ्घ लगायत सबैखाले सञ्चारमाध्यम र नागरिकका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए ।प्रतिवेदन ग्रहण गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलेविज्ञ समूहबाट आएका सुझावहरूको अनुशरण र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

सञ्चार क्षेत्रको नयाँ चुनौती र अभिव्यक्ति स्वतन्त्रतालाई कानुन अनुसार सुरक्षित गर्ने विषयमा प्रतिवेदनको सुझावलाई कार्यान्वयनमालैजाने उनको भनाइ थियो । काउन्सिलको सभाहलमा आइतबार भएको प्रतिवेदन हस्तान्तरण कार्यक्रमको सहजीकरण काउन्सिलकामुख्य अधिकृत झबिन्द्र भुसालले गरेका थिए ।

काउन्सिलले यही असार १९ गते वरिष्ठ पत्रकारहरू तारानाथ दाहाल, डा. महेन्द्र विष्ट र बबिता बस्नेतलाई सुझावसहितको प्रतिवेदन दिनजिम्मेवारी दिएको थियो 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

कुवेतमा नेपाली मौलिक संस्कृति झल्काउने स्टल

दोहा । कुवेतको सांस्कृतिक र मनोरञ्जन कार्यक्रममा नेपाली मौलिक संस्कृति झल्काउने सामग्रीको स्टल राखिएको छ । कुवेतको स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्थानीय डीनरी...

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको...

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...