सोमवार, अशोज ५, २०८३

सोमवार, अशोज ५, २०८३

सभामुखप्रत्ति लामिछाने आक्रामक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछाने सभामुख देवराज घिमिरेप्रति आक्रामक भएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपालाई बोल्न नदिएको भन्दै उनले सभामुख घिमिरेप्रति आक्रोश पोखेका हुन्।

उनले सदनलाई कब्जा गर्न खोजेको आरोपसमेत लगाए। ‘सदनलाई कब्जा गर्न खोजिएको हो भने अर्कै कुरा। नत्र लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने, संसदीय मूल्य मान्यतामा अडिग भएर आएको हाम्रोजस्तो नयाँ राजनीतिक दलको लागि यो अत्यन्त दुःखद विषय हो,’ उनले भने।

उनले पूर्वयोजनाअनुसार संसद चलेको प्रत्याभूति भएको बताए। ‘हामीले हाम्रा कुराहरू राख्नुपर्ने थियो। यसअघि हामीले शान्त ढंगले विरोध गर्दै आएका थियौं। प्रक्रियामा सदन चल्न दिउँ भन्यौं। हामीले लिखितरूपमा पनि भन्यौं। सदन नचलेको दिन तलब भत्ता पनि नलिऔं भन्यौं। तर यसलाई कमजोरीको रूपमा लिइयो,’ उनले भने।

उनले सभामुखबाट आफूहरूले यस्तो अपेक्षा नगरेको बताए। ‘संसदको गैरजिम्मेवारले यो प्रणालीप्रतिको जनविश्वास डगमगाउने अवस्था छ। लोकतन्त्रमा विधि र पद्धतिप्रति कुठाघरात गर्न थालियो भने चरम निरासाको अवस्था सिर्जना हुन्छ,’ उनले भने।

उनले संसदमा पूर्वयोजनअनुरुप चलेको गन्ध आएको बताए। ‘यसरी मिलीजुली संसदलाई बन्दी बनाएजस्तो बोल्न चाहेका मान्छेलाई बोल्न दिने, आफूले सुन्न चाहेका मान्छेको कुरा सुनिसकेपछि अब बन्द गर भनेजस्तै कोठामा योजना बनाएको जस्तो संसदमा देखियो। त यसो गर्नू, म यसो गर्छु, यसो यसो गरेर यसौं गरौं भन्ने गन्ध आयो,’ उनले भने।

उनले सभाखुम र संसद सचिवालय मिलेर संसदको हाइज्याक गरेको बताए। ‘प्रमुख प्रतिपक्षी दलपछि अर्को अर्को दलले बोल्थ्यो होला। हामी पनि बोल्थेम होला। खैर बीचमा सत्तापक्षले बोल्यो। त्यसपछि प्रतिपक्षीतिर आइसकेपछि हामीले बोल्न पाउनुपर्थ्यो। तर संसदलाई ‘हाइज्याक’ गरियो। सम्मानित कुर्सीमा बसिसकेपछि दलको बन्न पाइँदैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सबै भन्दा धेरै जनसंख्या मधेस प्रदेशमा

काठमाडौँ — नेपालको जनगणना २०७८ अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश भएको छ । तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार मधेश प्रदेशको जनसंख्या...

सर्वोच्चद्वारा सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज

काठमाडौं : सर्वोच्च अदालतले गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जारी गरिएको परिपत्र उत्प्रेषणको...

आबे हत्यारालाई लाखौ सहयोग जुटदै

जापान। जापानका पुर्वप्रधानमन्त्री सिन्जो आबेलाई गत जुलाई ८ तारिख  नारामा चुनावी प्रचारमा भाषण गर्दै गर्दा पछाडीबाट गोलीप्रहार गरेका संदिग्ध यामागामी तेचुयालाई १० लाख येनभन्दा...

एफएनजे ग्लोबल सम्मेलन टोकियोमा सम्पन्न

सपना पौड्याल टोकियो -विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मञ्चमा जोड्ने उदेश्यका साथ नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजना तथा विभिन्न वैदेशिक शाखाहरुको संमन्वयनमा एफएनजे ग्लोबल मिडिया...