शुक्रबार, अशोज ९, २०८३

शुक्रबार, अशोज ९, २०८३

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको सिन्धुले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।

कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने कार्यले आफूले भिसा नपाएको हुनसक्ने उल्लेख गरेकी छन् । आफ्नो करिब तीन दशकको गायन यात्रामा पहिलोपटक अष्ट्रेलियाले समयमा भिसा नदिएको भन्दै उनले तीजको अवसरमा त्यहाँ हुने आफ्ना पूर्वनिर्धारित कार्यक्रमहरु रद्द भएको समेत जानकारी गराएकी छन् ।

सिन्धुले लेखेकी छन्, ‘समयमा भिसा नदिएका कारण अष्ट्रेलियाको पूर्वनिर्धारित मेरा सम्पूर्ण कार्यक्रमहरु रद्द भएका छन् । म अष्ट्रेलियामा तीज विशेष कार्यक्रममा आउन नसकेकोमा सम्पूर्ण आदरणीय दर्शक-श्रोताज्यूहरुसँग क्षमा माग्दछु । कोही पनि कलाकारले मानव तस्करी गर्ने र गैरकानुनी रुपमा लुक्ने  कार्य नगर्नुहोला । यसको असर अन्य सच्चा कलाकारहरुलाई पर्दो रहेछ । विदेशमै बस्न वा स्थापित हुन मन छ भने कानुनी प्रक्रिया पूरा गरेर बस्न सक्नुहुन्छ ।’

उनले आफ्नो झण्डै तीन दशकको गायन यात्रामा पहिलो पटक अष्ट्रेलियाले समयमा भिसा नदिएको बताएकी छन् । ‘नेपालमा मन्दी छ, नेपाली कलाकारहरु विदेशमै गैरकानुनी रुपमा लुक्छन् अनि कार्यक्रमको नाममा मानव तस्करी गर्छन् भन्ने रहेको छ । संसारका ठूला देशहरु अमेरिका, बेलायत, क्यानडा, युरोप, जापान लगायतका २० वटाभन्दा बढी देशमा पटकौं कार्यक्रम गरेर समयमै नेपाल फर्केको मेरो रेकर्ड छ’ सिन्धुले भनेकी छन्, ‘कुनै पनि देशमा एक मिनेट पनि ओभर स्टे भएको छैन । अष्ट्रेलियामा पनि चार पटक पहिले नै गइसकेको र भिसा अवधि समाप्त हुनु अगावै नेपाल फर्किएको रेकर्ड छ । तर यो पटक अष्ट्रेलियाले समयमा भिसा नदिनुलाई मैले मेरो कलाकारिताको अपमान ठानेकी छु ।’

सिन्धुले यस विषयमा नेपाल सरकारको ध्यानाकर्षण समेत गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...