सोमवार, बैशाख २९, २०८२

सोमवार, बैशाख २९, २०८२

सरकार र मेडिकल सञ्चालकबीच पाँच बुँदे सहमति

काठमाडौँ । सरकार र मेडिकल कलेज सञ्चालकबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ । एमबीबीएस लगायतका स्नातक तहमा अध्ययनरत विद्यार्थीले सुनील शर्माको केएमसी र नोबेल कलेजले चर्को शुल्क असुल गरेको भन्दै आन्दोलन गरिरहेका बेला शिक्षा मन्त्रालयले शुक्रबार शिक्षामन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा सर्वपक्षीय बैठक गरेको थियो ।

चिकित्सा शिक्षा आयोग, मेडिकल कलेज सञ्चालक, विद्यार्थी र अभिभावकसहितको बैठकले पाँच बुँदे सहमति गरेको हो । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिन नपाउनेसहित ५ वटा सहमति भएका छन्।

तर सो सहमतिमा केएमसी तथा नोबेलका संचालक सुनील शर्माले भने फरक मत राखेका छन्। उनले चिकित्सा शिक्षा ऐनले व्ववस्था गरे अनुसार वैज्ञानिक ढंगले शुल्क निर्धारण नभएको भन्दै सहमतिप्रति फरक मत राखेका हुन्।

शर्माले ऐनको भावना अनुरुप शुल्क निर्धारण हुनुपर्ने र यस शैक्षिक सत्रमा खालि रहेका ४ हजार सिटलाई सम्बोधन हुने गरी पुनः परीक्षा अथवा अन्य कुनै व्ववस्था गरी रिक्त सिट पुरा गर्न चिकित्सा शिक्षा आयोगले तत्काल पहल गर्नुपर्ने मत राखेका छन् । यो बैठकपछि शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

शिक्षामन्त्रीको उपस्थितिमा शान्ति शिक्षा मन्दिरको अत्याधुनिक भवन हस्तान्तरण

काठमाडौं । काठमाडौंको मुटु ठहिटीस्थित शान्ति शिक्षा मन्दिर माविको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कम्पनीले भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

काठमाडौं । गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । तीजको अवसरमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियाले भिसा दिन अस्वीकार...