शनिबार, माघ ११, २०८२

शनिबार, माघ ११, २०८२

आइकाओको अडिटमा वृद्धि भयो नेपालको हवाई सुरक्षा दर

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड बमोजिम नेपालको हवाई सुरक्षा दर वृद्धि भएको छ। नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार विश्वको औसत परिपालना दरभन्दा ३ प्रतिशतले वृद्धि भएर अर्थात कूल परिपालना दर ७०.१ प्रतिशत कायम गर्न सफल भएको हो।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को एयर सेफ्टी अडिटबाट नेपालको परिपालना दर औसत दरभन्दा माथि रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीले आइकाओको अडिट टोलीले हालै गरेको एयर सेफ्टी अडिटबाट औसतभन्दा ३ प्रतिशत वृद्धि गर्दै नेपालको आकाश सुरक्षित रहेको सन्देश दिन सफल भएको बताए।

‘आइकाओले गरेको नेपालको एयर सेफ्टी अडिटमा विश्वव्यापी औसत दरभन्दा बढी प्रगति गरेको छ। यसले नेपालको आकाश सुरक्षित रहेको र हवाई पूर्वाधारमा प्रगति गरेको सन्देश दिन्छ। यो प्राधिकरणका लागि मात्रै होइन देशकै लागि महत्वपूर्ण उपलब्धि हो,’ महानिर्देशक अधिकारीले भने।

सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार आजको मितिमा एसिया प्रशान्त क्षेत्रको औसत परिपालना दर ६१.४ प्रतिशत रहेको र विश्वको औसत परिपालना दर ६७.२ प्रतिशत रहेकामा नेपालले यी दुवै औसत दरभन्दा माथि रही परिपालना दर ७० भन्दा बढी कायम गर्न सफल भएको हो। यसअघि नेपालको परिपालना दर ६७.०२ प्रतिशत थियो।

हवाई सुरक्षा प्रत्याभूति गर्ने विभिन्न सुझाव कार्यान्वयनको अवस्थालाई मूल्यांकन गर्दै आइकाओको अडिट टोलीले नेपालको सुरक्षा स्कोर बढाएको महानिर्देशक अधिकारीले बताए। आइकाओको १० सदस्यीय सम्परीक्षण टोलीले यही अप्रिल १३ देखि २५ सम्म अडिट गरेको थियो। उक्त सम्परीक्षणको क्रममा आठ क्षेत्रमा नेपालले उडान सुरक्षाको नियामक निकायको हैसियतमा पालना गरे/गराएका कार्य र तिनको विस्तृत प्रगति सम्बन्धमा जाँच गरिएको थियो।

आफ्ना १९३ सदस्य राष्ट्रको उडान सुरक्षा निगरानीको स्तर मापन गरी निरन्तर सुधारमा टेवा दिने उद्देश्यले आइकाओले निरन्तर निगरानीको सिद्धान्त अवलम्बन गर्दै अडिट कार्यक्रम लागू गर्दै आएको छ। सन् २००९ मा सबै आठ क्षेत्रको सम्परीक्षण गरेपश्चात सन् २०१३, २०१६, तथा २०१७ मा सम्परीक्षण दर ६६.७६ रहेकामा सन् २०२२ को अडिटको प्रारम्भिक नतिजाअनुसार कूल परिपालना दर ७०.१ प्रतिशत कायम भएको छ।

नेपालमा सम्परीक्षणका क्षेत्रमा कानुनी, संस्थागत, व्यक्तिगत लाइसेन्स, उडान अपरेसन, एयर-वर्दिनेस, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एन्ड ग्राउन्ड हयान्डलिङ र दुर्घटना अनुसन्धान छन्। यी आठ विषयमा आइकाओले अडिट गर्दै आएको छ।

आइकाओको सूचीमा माथि उक्लिए पनि युरोपेली संघको सुरक्षा सूचीबाट नेपालमाथि गरिएको हवाई प्रतिबन्ध हटेको छैन।

नेपालको यो प्रगतिले आगामी दिनमा सकारात्मक सहयोग पुग्ने प्राधिकरणको विश्वास छ। विसं २०७० मंसिरदेखि युरोपियन युनियनले हवाई सुरक्षा संवेदनशीलता जनाउँदै नेपाली जहाजलाई युरोपको आकाशमा प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो...

सुदूरपश्चिमेली समाज जापानको अधिवेशन सम्पन्न, विकास रोकाया अध्यक्षमा सर्वसम्मत निर्वाचित

सुदूरपश्चिमेली समाज जापानको सातौ अधिवेशन आइतबार टोकियोमा सम्पन्न्न भयो ।अधिवेशनले बिकास कुमार रोकायालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । रोकायाको अध्यक्षतामा ९ सदस्यिय कार्यसमितिको गठन...

अष्ट्रेलियाले जापान र भारतसंग रक्षा साझेदारी बढाउने

क्यानबेरा — अस्ट्रेलियाले भारत र जापानलगायत हिन्द प्रशान्त क्षेत्रका प्रमुख साझेदारहरूसँग कूटनीतिक र रक्षा साझेदारीलाई बढाउने भएको छ । दक्षिण चीन सागरमा चीनको बढ्दो दाबी...

विदेशबाट ल्याइएका आईफोनमा कर लाग्ने

काठमाडौँ — विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा  १० हजार रुपैयाँ कर लाग्ने भएको छ । अन्यस्मार्टफोनमा तीन हजार र स्मार्टफोन...