बिहिबार, साउन २८, २०८३

बिहिबार, साउन २८, २०८३

भन्सारका नायब सुब्बाविरूद्ध एक करोड ८७ लाख बराबरको भष्टाचार मुद्दा

काठमाडौं । काठमाडौंमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक जना माथि भ्राष्टाचारको मुद्दा दायर गरेको छ।

भन्सार जाँच पास परीक्षण कार्यालयमा कार्यरत देवीबहादुर थापाविरूद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार थापाले २० वर्षको अवधिमा एक करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँको सम्पत्ती गैर कानुनी रूपमा आर्जन गरेको पाइएको हो।

भण्डारीले उनका परिवारमा सदस्यको नाममा चलअचल सम्पत्तिहरू खरिद, विभिन्न उद्योग तथा फर्महरूमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा रकम जम्मा एवं घर निर्माण लगायतका शिर्षकहरूमा तीन करोड ८९ लाख ४५ हजार ५८८ खर्च गरेको देखिएको जनाएको छ।

भण्डारीले थापाको आयस्रोत जम्मा २ करोड एक लाख ९८ हजार ४३९ हुँदा आयस्रोत भन्दा बढि खर्च भएको बताए।

त्यसैले १ करोड ८७ लाख ४७ हजार १४९ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको देखिएपछि अख्तियारले उनीविरूद्ध आरोपत्र दायर गरेको भण्डारीले जानकारी दिए।

थापा भन्सार जाँचपास परिक्षण कार्यालय तिनकुने काठमाडौंमा नायब सुब्बा पदमा कार्यरत छन्। हाल उनलाई निलम्बन गरिएको भण्डारीले बताए।

कार्यालयमा सेवामा निवृत्त २०५६ सालदेखि २०७५ सालसम्मको जाँच अवधिमा सो रकम अनियमितता गरेको देखिएको आयोगले जनाएको छ।

भण्डारीमाथि भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार १ करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजाय माग गरेको छ।

साथै गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति आमा, बुवा र श्रीमतीको नाममा समेत गरेको हुँदा सो सम्पत्ति पनि जफत गर्न आयोगले मागदाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

सुशासन संकल्प हो:प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सुशासन कायम गर्ने संकल्पसहित कार्यसम्पादन गरिरहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदका प्रश्नको उत्तर दिने क्रममा उनले विभिन्न घटनामा...

स्विडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता

काठमाडौं । संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ...

जनवादी गीतका गायक जीवन शर्मा टोकियोमा, जुलाई २८ मा एकल सांगीतिक साँझ हुँदै

  टोकियो, जापान। नेपाली लोक तथा जनवादी गीत–संगीतका सदाबहार गायक जीवन शर्मा जापानमा आफ्नो विशेष सांगीतिक प्रस्तुति लिएर आउनु भएको छ ।  New Vision को...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...