मङ्लबार, चैत्र ११, २०८१

मङ्लबार, चैत्र ११, २०८१

भन्सारका नायब सुब्बाविरूद्ध एक करोड ८७ लाख बराबरको भष्टाचार मुद्दा

काठमाडौं । काठमाडौंमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक जना माथि भ्राष्टाचारको मुद्दा दायर गरेको छ।

भन्सार जाँच पास परीक्षण कार्यालयमा कार्यरत देवीबहादुर थापाविरूद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार थापाले २० वर्षको अवधिमा एक करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँको सम्पत्ती गैर कानुनी रूपमा आर्जन गरेको पाइएको हो।

भण्डारीले उनका परिवारमा सदस्यको नाममा चलअचल सम्पत्तिहरू खरिद, विभिन्न उद्योग तथा फर्महरूमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा रकम जम्मा एवं घर निर्माण लगायतका शिर्षकहरूमा तीन करोड ८९ लाख ४५ हजार ५८८ खर्च गरेको देखिएको जनाएको छ।

भण्डारीले थापाको आयस्रोत जम्मा २ करोड एक लाख ९८ हजार ४३९ हुँदा आयस्रोत भन्दा बढि खर्च भएको बताए।

त्यसैले १ करोड ८७ लाख ४७ हजार १४९ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको देखिएपछि अख्तियारले उनीविरूद्ध आरोपत्र दायर गरेको भण्डारीले जानकारी दिए।

थापा भन्सार जाँचपास परिक्षण कार्यालय तिनकुने काठमाडौंमा नायब सुब्बा पदमा कार्यरत छन्। हाल उनलाई निलम्बन गरिएको भण्डारीले बताए।

कार्यालयमा सेवामा निवृत्त २०५६ सालदेखि २०७५ सालसम्मको जाँच अवधिमा सो रकम अनियमितता गरेको देखिएको आयोगले जनाएको छ।

भण्डारीमाथि भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार १ करोड ८७ लाख ४७ हजार १४९ रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजाय माग गरेको छ।

साथै गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति आमा, बुवा र श्रीमतीको नाममा समेत गरेको हुँदा सो सम्पत्ति पनि जफत गर्न आयोगले मागदाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

विश्वका तीन शक्तिशाली व्यक्ति को हुन ? जसलाई विश्वभर रोकतोक हुदैन

काठमाडौं, २४ असार । एक व्यक्ति एक देशबाट अर्को देशमा जाँदा सबैभन्दा महत्त्वपूर्ण कुरा पासपोर्टको रहन्छ। जुनसुकै देशकोउच्चस्तरीय व्यक्तिले पनि अर्को देश भ्रमणमा जाँदा...

आइतवार भगवान सूर्य देवताको दिन

काठमाडौं । साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ  । तर यो सँगै आइतबार अर्को रुपमा...

मकवानपुरबाट सात हजार परीक्षार्थीले एसईई दिने

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षा शुक्रबारबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण गत दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...