आइतवार, भदौ २८, २०८३

आइतवार, भदौ २८, २०८३

सुन्धाराको सीटीसी मल लिलामीमा

काठमाडौँ । सुन्धाराको सीटीसी मल लिलामीमा परेको छ। व्यवसायी इच्छाराज तामाङको सिभिल इस्टेट्स प्रा.लि.लाई सूचना कर्मचारी सञ्चय कोषले लिलामीमा राखेको हो।

सीटीसी मलको १३२ वटा पसल कबोल लिलामी बिक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरिएको छ। सिभिल मल ६ रोपनी जग्गामा निर्माण भएको छ।

ठगी आरोपमा सिभिल ग्रुपका अध्यक्ष रहेका तामाङलाई गत असोज १८ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले पक्राउ गरेको थियो।

उनी साढे ५ अर्ब बढी ठगीको आरोपमा पक्राउ परेका थिए। पूर्वसांसद समेत रहेका तामाङ र सिभिल सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई गत पुस १४ मा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

काठमाडौं जिल्ला अदालतमा थुनछेकको बहसपछि यस्तो आदेश भएको थियो। करिब एक सातासम्म भएको बहस र प्रतिवादीसँग बयानपछि तामाङ र श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको अदालतले पक्राउ परेका १२ सहित ४२ जनालाई थुनामा पठाउने, साधारण तारेखमा छाड्ने वा धरौटीमा छाड्ने निर्णय दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

बनेपा नगरपालिकाका मेयर बादेले चुनावको मुखमै गरे एमाले परित्याग

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग गरेका छन्। बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

नेचर सुपर मार्केटको चौथो शाखा खुल्दै

काठमाडौं । नेचर सुपर मार्केट प्रालिको चौथो शाखा खुल्ने भएको छ । काठमाडौंको मध्यबानेश्वरस्थित मिलनचोकमा यही फागुन १७ गतेबाट चौथो शाखा सञ्चालनमा आउने अध्यक्ष...

एनआरएनए जापानको निर्वाचन समिति र छानविन समितिविच फेरी विवाद

टोकियो। एनआरएनए जापानमा निर्वाचनका लागि गठन गरिएको निर्वाचन समिति र निर्वाचनको निष्पक्षताबारे अध्ययन (छानविन) गर्न बनेको समिक्षा समिति बिच टकराव देखा परेको छ । एनआरएन जापानको...