बिहिबार, अशोज ८, २०८३

बिहिबार, अशोज ८, २०८३

ड्रोन आक्रमण अमेरिकाको योजना भएको रुसको दाबी

दिमित्री पेस्कोभले क्रेमलिनमा हालै भएको ड्रोन आक्रमणमा अमेरिका र युक्रेनको हात रहेको बताएका छन्।

‘हामीसँग यसको प्रमाण छ। त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त गरेको छ,’ पेस्कोभले क्रेमलिनमा बुधबार यस बारे उल्लेख गरेका छन्।

प्रवक्ता पेस्कोभले भने, ‘अमेरिकाले यो बुझ्नुपर्छ कि रुस आतङ्कवादी हमलामा आफ्नो सहभागिता बारे सचेत छ। वाशिङ्गटनका लागि ‘द्वन्द्वमा यस्तो प्रत्यक्ष सहभागिता वास्तवमा कत्तिको खतरनाक छ भनेर बुझ्नु अझ महत्त्वपूर्ण छ।’

रुसी राष्ट्रपतिको प्रेस सेवाले बुधबार युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिन निवासमा दुईवटा ड्रोन प्रयोग गरी हत्या गर्ने प्रयास गरेको दाबी गरेको छ।

यसैबीच अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बिहीबार रुसको दाबी गलत भएको बताएका छन्। उनले स्थानीय सञ्चारमाध्यमलाई आक्रमणमा संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता नभएको बताएका छन्।

किर्बीले बुधबार बिहान सीएनएनसँगको कुराकानीमा वासिङ्टनको कुनै भूमिका नरहेको र ह्वाइट हाउसले अझै पनि यस विषयमा प्रमाण खोजिरहेको बताएका थिए। उनले भने, ‘हामीलाई त्यहाँ के भयो भन्ने थाहा छैन।’

पुटिनका प्रेस सचिव पेस्कोभले यस्ता आक्रमणबारे निर्णय कीएभमा नभई वासिङ्टनमा गरिने आरोप लगाए।  किभले जे गर्न भनेको छ त्यही मात्र गर्ने उल्लेख गरे।

किर्बीले युक्रेनले आफ्नो सीमाबाहिर गरेको आक्रमणलाई वासिङ्टनले समर्थन नगर्ने बताएका थिए।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीद्वारा अनुरोध गरिएको थप उन्नत हतियार र प्रतिरक्षा प्रणाली प्रदान गर्दै संयुक्त राज्य अमेरिकाले युक्रेनी सेनालाई हतियार प्रदान गर्न पश्चिमी राष्ट्रहरूको गठबन्धनको नेतृत्व गरेको छ।

युक्रेनमा एक वर्षभन्दा लामो आक्रमणका क्रममा मस्कोले किभले वासिङ्टनबाट आदेश लिइरहेको बताउँदै आएको छ । पश्चिमा मुलुकले छद्म रूपमा रुसविरुद्ध युद्धको नेतृत्व गरिरहेको पनि उसको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

एलन मस्क भेट्टिए आफ्नो प्रेमिका संग

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क आफ्नी नयाँ प्रेमिकासँग रोमान्स गरिरहेको अवस्थामा क्यामेरामा कैद भएका छन्। उनी फ्रान्सको सेन्ट ट्रोपेजमा अष्ट्रेलियाली अभिनेत्री...

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

काठमाडौँ — भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै...

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुल्यो

२० भदौ, काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित...

आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भएको पुष्टि

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिएको अडियो नक्कली भुटानी शरणार्थी ठगी प्रकरणकाप्रतिवादी सन्देश शर्माको आवाजसँग मेल खाएको छ । आइतबार...