बिहिबार, अशोज २९, २०८३

बिहिबार, अशोज २९, २०८३

ड्रोन आक्रमण अमेरिकाको योजना भएको रुसको दाबी

दिमित्री पेस्कोभले क्रेमलिनमा हालै भएको ड्रोन आक्रमणमा अमेरिका र युक्रेनको हात रहेको बताएका छन्।

‘हामीसँग यसको प्रमाण छ। त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त गरेको छ,’ पेस्कोभले क्रेमलिनमा बुधबार यस बारे उल्लेख गरेका छन्।

प्रवक्ता पेस्कोभले भने, ‘अमेरिकाले यो बुझ्नुपर्छ कि रुस आतङ्कवादी हमलामा आफ्नो सहभागिता बारे सचेत छ। वाशिङ्गटनका लागि ‘द्वन्द्वमा यस्तो प्रत्यक्ष सहभागिता वास्तवमा कत्तिको खतरनाक छ भनेर बुझ्नु अझ महत्त्वपूर्ण छ।’

रुसी राष्ट्रपतिको प्रेस सेवाले बुधबार युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिन निवासमा दुईवटा ड्रोन प्रयोग गरी हत्या गर्ने प्रयास गरेको दाबी गरेको छ।

यसैबीच अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बिहीबार रुसको दाबी गलत भएको बताएका छन्। उनले स्थानीय सञ्चारमाध्यमलाई आक्रमणमा संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता नभएको बताएका छन्।

किर्बीले बुधबार बिहान सीएनएनसँगको कुराकानीमा वासिङ्टनको कुनै भूमिका नरहेको र ह्वाइट हाउसले अझै पनि यस विषयमा प्रमाण खोजिरहेको बताएका थिए। उनले भने, ‘हामीलाई त्यहाँ के भयो भन्ने थाहा छैन।’

पुटिनका प्रेस सचिव पेस्कोभले यस्ता आक्रमणबारे निर्णय कीएभमा नभई वासिङ्टनमा गरिने आरोप लगाए।  किभले जे गर्न भनेको छ त्यही मात्र गर्ने उल्लेख गरे।

किर्बीले युक्रेनले आफ्नो सीमाबाहिर गरेको आक्रमणलाई वासिङ्टनले समर्थन नगर्ने बताएका थिए।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीद्वारा अनुरोध गरिएको थप उन्नत हतियार र प्रतिरक्षा प्रणाली प्रदान गर्दै संयुक्त राज्य अमेरिकाले युक्रेनी सेनालाई हतियार प्रदान गर्न पश्चिमी राष्ट्रहरूको गठबन्धनको नेतृत्व गरेको छ।

युक्रेनमा एक वर्षभन्दा लामो आक्रमणका क्रममा मस्कोले किभले वासिङ्टनबाट आदेश लिइरहेको बताउँदै आएको छ । पश्चिमा मुलुकले छद्म रूपमा रुसविरुद्ध युद्धको नेतृत्व गरिरहेको पनि उसको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सम्बन्धित समाचार

पाकिस्तानका एक पत्रकारको गोली हानी हत्या

पाकिस्तानका एक टेलिभिजन पत्रकारको सोमबार प्रेस क्लब बाहिर गोली हानी हत्या गरिएको छ ।  स्थानीय पत्रकार समूहलेआक्रमणलाई प्रेस स्वतन्त्रतामा खतरा भएको बताएको छ । स्थानीय...

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले घटेको छ । बिहीबार १८.६४ अंकले घटेको बजार २३५०.४२ विन्दुमा...

सोमबारदेखि खाडी देश र मलेसियामा भिजिट भिसामा जान रोक

काठमाण्डौं । सरकारले आउँदो सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १०...

युक्रेनमा रूसी सैनिक मारिएको पुष्टि

रुसले पहिलोपटक युक्रेनमा आफ्ना सैनिकहरू मारिएको स्वीकार गरेको छ तर कति सैनिक मारिए भन्ने खुलाएको छैन । रुसी सैनिकहरूले विशेष सैन्य कारबाहीमा युद्ध कार्य पूरा...